काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता शुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता शुरू भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। दुई अध्यक्षबीच पछिल्ला आठ दिनयता भेटघाट भएको थिएन।
दुई अध्यक्षबीच नेकपाभित्रको विवाद समाधानका विषयमा कुरा हुने बताइएको छ। नेकपाभित्रको विवाद उत्कर्षमा छ। गएको १० असारदेखि शुरू भएको नेकपाको स्थायी कमिटी बैठक अवरुद्ध हुँदै आएको छ।
गएराति एपीवान टेलिभिजनबाट प्रशारण भएको भुषण दाहालको ‘द ब्राभो डेल्टा शो’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले पाँचदिनभित्र नेकपाको गतिरोध अन्त्य हुने दाबी गरेका थिए। त्यसको भोलिपल्टै आज दुई अध्यक्षबीच भेटवार्ता भएको हो।
" /> काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता शुरू भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता शुरू भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। दुई अध्यक्षबीच पछिल्ला आठ दिनयता भेटघाट भएको थिएन।

">