काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आजको छलफल टुङ्गिएको छ।
ओलीलाई भेट्न दाहाल आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। साउन २० गते यता ओली र दाहालबीच आज छलफल भएको हो।
प्रधानमन्त्री ओली र दाहालबीच चार घण्टा लामो छलफल भएको र भोलि फेरि बस्ने गरी टुङ्गिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
नेकपाको आन्तरिक विवाद समाधानको विषयमा दुई अध्यक्षबीच छलफल भएको उनले बताए। सत्तारूढ दल नेकपा भित्रको विवाद उत्कर्षमा छ। स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल र माधव नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो।
आन्तरिक विवादकै कारण नेकपाको स्थायी समिति बैठक निरन्तर प्रभावित भइरहेको छ। पछिल्लो पटक बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकलौटी रूपमा स्थगित गरिदिएका थिए। त्यसपछि बसेको पुष्पकमल दाहाल र माधव नेपाल पक्षका नेताहरूको बैठकले दाहाललाई ओलीसँग छलफल गरेर समस्याको समाधान खोज्न जिम्मेवारी दिने निर्णय गरेका थिए।
प्रधानमन्त्री ओलीले साउन २८ गते एपीवान टेलिभिजनमा हिजो दिएको अन्तर्वार्तामा आगामी पाँच दिनभित्र नेकपाको ‘सिनारियो’ परिवर्तन हुने भन्दै त्यसका लागि काउन्टडाउन सुरु गर्न भनेका थिए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आजको छलफल टुङ्गिएको छ।प्रधानमन्त्री ओली र दाहालबीच चार घण्टा लामो छलफल भएको र भोलि फेरि बस्ने गरी टुङ्गिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

">