अब कोही जनता निराश बन्नु पर्दैन: मुख्यमन्त्री राई
<p>काठमाडाैं। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको सरकारले जनताकै घरघरमा पुगेर सेवा प्रवाह गरिरहेकाले अब कोही जनता निराश बन्नु नपर्ने बताएका छन्।</p>
<p>झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजनाअन्तर्गत निर्मित सडकको आज उद्घाटन गर्दै मुख्यामन्त्री राईले भने, "सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना सङ्घीय सरकारबाट पूरा हुने भएकाले अब कोही पनि निराश बन्नु पर्ने छैन।"</p>
<p>अर्जुनधारा-६ र ९ स्थित माता मन्दिरदेखि प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक शान्ति निर्माण सेवाले रु ८८ लाख ११ हजार १७१ को लागतमा निर्माण गरेको बताइएको छ।</p>
<p>त्यस्तै मुख्यमन्त्री राईले अर्जुनधारा जलेश्वरधाम जाने बाटामा रहेको कृष्ण-अर्जुन रथको प्रतिमा तथा अर्जुनधारा-१ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध सङ्कलन केन्द्र (चिलिङ सेन्टर)को समेत उद्घाटन गरे।</p>
प्रतिक्रिया दिनुहोस्