काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा विकास निर्माणका कार्य सञ्चालन गर्दा कोभिड-१९ को प्रभाव न्युनिकरण गर्ने गरी योजना बनाएको बताएका छन्।
प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा योजनाको वार्षिक प्रगति समीक्षामा मुख्यमन्त्री पौडेलले महामारीको प्रभावलाई न्यूनीकरण गर्ने गरी मानव जीवनको रक्षा र जीविकोपार्जनका माध्यमको सुरक्षालाई केन्द्रबिन्दुमा राखी योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए।
भर्चुअल माध्यमबाट गरिएको समीक्षामा प्रदेशका सबै मन्त्रालय, प्रदेश लोकसेवा आयोग प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेशसभा सचिवालयलगायतको सहभागिता थियो ।
बागमती प्रदेशको आव २०७६/०७७ को विनियोजन ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार भएकोमा २७ अर्ब ९५ करोड ७१ लाख १७ हजारअर्थात् ५८.७२ प्रतिशत खर्च भएको थियो।
यसमध्ये चालूतर्फ ६०.११ प्रतिशत र पूँजीगत खर्चतर्फ ५७.६८ प्रतिशत खर्च भएको थियो भने सोही अवधिमा अनुमानित आयको ९९.४५ प्रतिशतअर्थात् ४७ अर्ब ३४ करोड ७९ लाख सङ्कलन भएको थियो। रासस
" /> काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा विकास निर्माणका कार्य सञ्चालन गर्दा कोभिड-१९ को प्रभाव न्युनिकरण गर्ने गरी योजना बनाएको बताएका छन्।प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा योजनाको वार्षिक प्रगति समीक्षामा मुख्यमन्त्री पौडेलले महामारीको प्रभावलाई न्यूनीकरण गर्ने गरी मानव जीवनको रक्षा र जीविकोपार्जनका माध्यमको सुरक्षालाई केन्द्रबिन्दुमा राखी योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए।

">