कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले झन्डै दुई सातापछि भजनी नगरपालिकामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। हिजो दलबलसहित निरीक्षण गर्न पुगेका मुख्यमन्त्री भट्टले हुलाकी सडकलाई व्यवस्थित रूपबाट पानी निकासी गर्ने, भजनी क्षेत्रमा रहेका नदीमा बृहत तटबन्ध गर्ने र सामुदायिक उच्च भवन बनाउने आश्वासन दिएर फर्किए।
मुख्यमन्त्री भट्टले वर्षेनी आउने बाढीको समस्याबाट नागरिकलाई छुट्कारा दिलाउन नदीमा बृहत तटबन्धका लागि कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरिने पनि बताए। मुख्यमन्त्री भट्टले वर्षातमा हुने नदी कटान र उच्च बहाव भएर बस्तीमा पस्ने कार्य रोक्नका लागि आरसीसी ढलानसहितको तटबन्ध गरिने भन्दै विस्थापितलाई आवश्यक खाद्यान्न, लत्ताकपडा र सुरक्षित बसाइबारे प्रदेश सरकारले राहत प्याकेज ल्याउने बताए।
अवलोकनमा मुख्यमन्त्री भट्टसहित कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री विनिता चौधरी, संघीय सांसद गौरीशंकर चौधरी, राष्ट्रिय सभा सदस्य हरि चौधरी, सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरभान चौधरी र संविधान सभा सदस्य हरि श्रीपाइली, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीलगायतको सहभागिता थियो।
भजनीमा यही साउन १४ गते आएको बाढीले तीन जनाको मृत्यु भएको थियो भने एक हजार ६७१ परिवार विस्थापित भएका छन्। विस्थापितमध्ये अधिकांश परिवार भजनी-१ स्थित मोहन्याल सामुदायिक वनमा पाल टाँगेर बसेका छन्।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले झन्डै दुई सातापछि भजनी नगरपालिकामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। हिजो दलबलसहित निरीक्षण गर्न पुगेका मुख्यमन्त्री भट्टले हुलाकी सडकलाई व्यवस्थित रूपबाट पानी निकासी गर्ने, भजनी क्षेत्रमा रहेका नदीमा बृहत तटबन्ध गर्ने र सामुदायिक उच्च भवन बनाउने आश्वासन दिएर फर्किए।मुख्यमन्त्री भट्टले वर्षेनी आउने बाढीको समस्याबाट नागरिकलाई छुट्कारा दिलाउन नदीमा बृहत तटबन्धका लागि कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरिने पनि बताए। मुख्यमन्त्री भट्टले वर्षातमा हुने नदी कटान र उच्च बहाव भएर बस्तीमा पस्ने कार्य रोक्नका लागि आरसीसी ढलानसहितको तटबन्ध गरिने भन्दै विस्थापितलाई आवश्यक खाद्यान्न, लत्ताकपडा र सुरक्षित बसाइबारे प्रदेश सरकारले राहत प्याकेज ल्याउने बताए।

">