काठमाडौं। नेपाली कांग्रेसमा सभापति पदका आकांक्षीहरू एक पछि अर्को थपिरहेका छन्। आकांक्षीको सङ्ख्या दर्जन नजिक पुगेको छ। वर्तमान सभापति शेरबहादुर देउवादेखि युवा नेता गगन थापासम्मका नेताले सभापति पदको आकांक्षा व्यक्त गरिसकेका छन्। कांग्रेस पार्टीको सर्वोच्च पद नै सभापति हो।
यही मेसोमा कांग्रेस नेता मिनेन्द्र रिजालले देखापढीसँगको कुराकानीमा भने “मन त सभापति हुन लागेकै हो।” तर, उनी महामन्त्री पदका आकांक्षी हुन्। यति मात्रै होइन, उनलाई नेपाली कांग्रेसको सबैभन्दा राम्रो पार्टी चलाउन सक्ने सभापति आफैं हुन्छु भन्ने पनि लागेको रहेछ।
“तर, मान्छेले मलाई सहज रूपमा भोट हाल्दैनन्, त्यसकारण सहज रूपमा सभापति जित्दिनँ”, उनले देखापढीसँग भने, “महामन्त्री पदमा भने मलाई साथीहरूले सहज रूपमा स्वीकार्नुहुन्छ र १४ औं महाधिवेशनपछि महामन्त्री भएको देख्नुहुन्छ।” कांग्रेसमा महामन्त्री पदका लागि खुलेर आकांक्षा व्यक्त कमै नेताले गरेका छन्।
महाधिवेशनमा २००७ साल फागुन ७ गते अर्थात प्रजातन्त्र आएको दिन भन्दा अगाडिका नेताले सम्मानजनक अवकाश लिएको अवस्थामा भने महामन्त्री पद छोड्न तयार गरेको बताए। त्यस्तो अवस्थामा तपाईंको चुनावी लडाईं के मा हुन्छ ? भन्ने प्रश्नमा उनले उपसभापति पदमा लड्ने बताए।
कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देदि १० गतेसम्म हुने भएको छ। महाधिवेशन नजिकिँदा नेताहरूले पार्टीको विभिन्न पदमा आकांक्षा व्यक्त गरिहेका छन्। तर, महाधिवेशनको पूर्वतयारी स्वरूप गरिने क्रियाशील सदस्यता वितरण र नवीकरण भने अझै सकेको छैन।
साउन मसान्तभित्रै सकिने कार्यतालिका थियो। पार्टीको विभागहरूले पनि पूर्णता पाउन सकेको छैन। यस्तो अवस्थामा महाधिवेशन तोकिएकै मितिमा होला भन्नेमा नेताहरू नै ढुक्क छैनन्।
" /> काठमाडौं। नेपाली कांग्रेसमा सभापति पदका आकांक्षीहरू एक पछि अर्को थपिरहेका छन्। आकांक्षीको सङ्ख्या दर्जन नजिक पुगेको छ। वर्तमान सभापति शेरबहादुर देउवादेखि युवा नेता गगन थापासम्मका नेताले सभापति पदको आकांक्षा व्यक्त गरिसकेका छन्। कांग्रेस पार्टीको सर्वोच्च पद नै सभापति हो।यही मेसोमा कांग्रेस नेता मिनेन्द्र रिजालले देखापढीसँगको कुराकानीमा भने “मन त सभापति हुन लागेकै हो।” तर, उनी महामन्त्री पदका आकांक्षी हुन्। यति मात्रै होइन, उनलाई नेपाली कांग्रेसको सबैभन्दा राम्रो पार्टी चलाउन सक्ने सभापति आफैं हुन्छु भन्ने पनि लागेको रहेछ।

">