काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्न गठित सुझाव समितिले कार्य प्रारम्भ गरेको छ।
६ सदस्यीय समितिको पहिलो बैठक कालिका टावर बालुवाटारमा शनिबार दिउँसो बसेको छ। बैठकमा पार्टी एकतासम्बन्धी अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी एकतासम्बन्धी आधारपत्रको व्याख्या गर्दै कार्यान्वयन गराउन दिएको जिम्मेवारीमाथि छलफल सुरु भएको छ।
समिति सदस्य श्याम तिमिल्सिनाले विवाद नआउने गरी सुझाव दिएर पार्टी एकता प्रक्रिया टुङ्ग्याउने विषयमा समितिमा रहेका संयोजकदेखि सदस्यहरूबीच एकमत रहेको बताए।
“समितिको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा भएको छ, पार्टी कहिल्यै नफुट्ने गरी र सुझाव दिने विषयमा हामी एकमत छौं”, उनले देखापढीसँग भने, “अध्यक्षत्रयबाट तय भएको आधारपत्रको मर्म नभत्किने गरी यदी छुटेका केही कुरा भए र थप्छौं।”
उनले चुनाव चिन्हदेखि पार्टीको भातृ संगठनसँगै तल्लो तहसम्मको एकता सहमतिको आधारमा टुङ्ग्याइने पनि बताए।
समितिलाई छलफल गरेर सात दिनभित्र सुझाव पेश गर्न पार्टीले समय दिएको छ। समिति गत बुधबार गठन भएको हो।
पार्टी भित्रको एकता प्रक्रियामा विवाद भएपछि पार्टी निर्वाचन आयोगमा दर्ता पनि भएको छैन। देशभरबाट दर्ता प्रक्रिया चाँडोभन्दा चाँडो टुङ्ग्याउन पार्टी नेतृत्वलाई दबाब छ।
राजधानीमा रहेका पार्टीका दोस्रो पुस्ताका युवा नेताहरूले छलफल जारी राखेर अध्यक्षत्रयलाई पार्टी एकता टुट्न नदिन र दर्ता प्रक्रिया शीघ्र सम्पन्न गर्न दबाब पनि दिँदै दिएका छन्।
समिति सदस्य तथा संघीय सांसद राजेन्द्र लिङ्देनले भने एकताको क्रममा भएको आधारपत्रको व्याख्या गर्ने कार्य जिम्मेवारी पाएकोले नेताहरूलाई सोधेर स्पष्ट हुन आवश्यक रहेको बताए।
उनले ६ दिनमा छलफल गरेर सुझावसहितको प्रतिवेदन बुझाउन समितिले समय सीमा पाएकोले भोलि फेरि बैठक बस्ने बताए। बैठक बिहान साढे बजेपछि बस्ने तय भएको छ।
समितिमा दीपक बोहरा, बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, श्याम तिमिल्सिना र राजेन्द्र लिङ्देन सदस्य रहेका छन्।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्न गठित सुझाव समितिले कार्य प्रारम्भ गरेको छ।६ सदस्यीय समितिको पहिलो बैठक कालिका टावर बालुवाटारमा शनिबार दिउँसो बसेको छ। बैठकमा पार्टी एकतासम्बन्धी अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी एकतासम्बन्धी आधारपत्रको व्याख्या गर्दै कार्यान्वयन गराउन दिएको जिम्मेवारीमाथि छलफल सुरु भएको छ।

">