काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षाले सबैलाई खुसी बनाएको बताएका छन्।
“हाम्रो पार्टीका दुई अध्यक्षहरुद्वारा पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम सुरु गरिसकेको छ,” श्रेष्ठले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “यसले यो सकारात्मक सन्देश दिसकेको छ– हाम्रो पार्टीको एकताको रक्षा सुनिश्चित भएको छ।”
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार पार्टीभित्रको विवाद सुल्झाउन सचिवालय सदस्य विष्णु पौडेलको संयोजकत्माम ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदल गठनप्रति नेकपाका नेताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
“मैले यस अघि नै सार्वजनिक रुपमा पार्टी संकटको निकासको सूत्र प्रस्तुत गरिसकेको छु– पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटिको निर्णय अनुसार महाधिवेशनको तयारी। पार्टी एकताको रक्षाले हामी सबैलाई खुसी बनाएको छ,” उनले भनेका छन्।
कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्तत राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने उनले जनाए। “यस (कार्यदलको प्रस्ताव)लाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ,” उनले भनेका छन्।
अहिलेको अवस्थामा कार्यदलको गठनबारे भ्रमात्मक प्रचार गर्नु गलत भएको उनले बताए। “तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं। पार्टीभित्र केही बिषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन। बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ,” प्रवक्ता श्रेष्ठले भनेका छन्।