काठमाडौं। गृह मन्त्री रामबहादुर थापाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सबैमा अपील गरेका छन्। सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवस्यक रहेको गृहमन्त्री थापाको भनाइ छ।
न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमण नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे। उनले भने, ‘‘नागरिकको सहभागिता र सचेतताबाट मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं। म सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुलाई कोरोनाको संक्रमणको अवस्थामा सुरक्षाका नियमहरुलाई पालन गरिदिनुहुन अनुरोध गर्दछु।’’
गृहमन्त्री थापाले फेरि देशभर लकडाउन गरेर समस्या हल नहुने भएकोले सबै क्षेत्रलाई सरकारले तय गरेका मापदण्डभित्र रहेर नियमित हुन दिने नीति लिइएको प्रस्ट पारे। लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी सरकार अगाडि बढेको पनि उनको भनाइ थियो।
सरकारी बन्देजका बाबजूद भारतबाट सीमावर्ती क्षेत्रहुँदै लुकिछिपी आउने क्रम नरोकिएकोबारे आफू जानकार रहेको गृहमन्त्रीले बताए। १० सीमानाका तोकेर सरकारले कसैलाई पनि नेपाल प्रवेश नगर्नदिन अधिकतम प्रयास गरिरहेको पनि दाबी गरे।