काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्न गठित सुझाव समितिको बैठकमा चुनाव चिन्हबारे छलफल भएको छ। चुनाव चिन्ह ‘हलो’ वा ‘गाई’ राख्ने भन्ने विषयमा आइतबार छलफल भएको हो।

समिति सदस्य श्याम तिमिल्सिनाले चुनाव चिन्ह टुङ्ग्याएर पार्टी एकताको क्रममा भएको आधारपत्रमाथि व्याख्या गरिने बताएका छन्। “एकता अघि हाम्रो पार्टीले दुबै चुनाव चिन्ह प्रयोग गरेकै हो, र उत्तिकै उपयुक्त पनि छ,” उनले देखापढीसँग भने, “तैपनि, बैठकबाट एउटा चुनाव चिन्हलाई टुङ्ग्याएर बाँकी विषयमाथि छलफल हुन्छ।” उनले कार्यकर्ताहरूको भावना समेटिने गरी चुनाव चिन्ह टुङ्ग्याइने बताए। एकता पहिले राप्रपाले ‘हलो’ र राप्रपा नेपालले ‘गाई’ चुनाव चिन्ह प्रयोग गरेको थियो। चुनाव चिन्ह कुन प्रयोग गर्ने भन्नेमा हाल पार्टीमा विवाद छ।

विवादीत विषयहरूलाई समितिले घनिभूत छलफल गरेर टुङ्ग्याउने जनाएको छ। पार्टी एकताको क्रममा देखिएको विवाद टुङ्ग्याउन सुझाव पेश गर्ने कार्याधिकार समितिलाई छ। सुझाव पेश गर्ने समय सीमा ६ दिनको छ। गएको बुधबार समिति गठन भएको हो।

समितिले पार्टी एकता सम्बन्धी अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी एकता सम्बन्धी आधारपत्रको व्याख्या गर्दै सुझाव दिनेछ।

पार्टी एकता भएको महिनौं हुँदा पनि एकता प्रक्रियामा देखिएको विवादकै कारण पार्टी निर्वाचन आयोगमा दर्ता पनि भएको छैन। देशभरबाट दर्ता प्रक्रिया चाँडोभन्दा चाँडो टुङ्ग्याउन पार्टी नेतृत्वलाई दबाब छ ।

राजधानीमा रहेका पार्टीका दोस्रो पुस्ताका नेताहरूले छलफल जारी राखेर अध्यक्षत्रयलाई पार्टी एकता टुट्न नदिन र दर्ता प्रक्रिया शीघ्र सम्पन्न गर्न दबाब पनि दिँदै दिएका छन् ।

समितिमा दीपक बोहरा, बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, श्याम तिमिल्सिना र राजेन्द्र लिङ्देन सदस्य छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्न गठित सुझाव समितिको बैठकमा चुनाव चिन्हबारे छलफल भएको छ। चुनाव चिन्ह ‘हलो’ वा ‘गाई’ राख्ने भन्ने विषयमा आइतबार छलफल भएको हो।

समिति सदस्य श्याम तिमिल्सिनाले चुनाव चिन्ह टुङ्ग्याएर पार्टी एकताको क्रममा भएको आधारपत्रमाथि व्याख्या गरिने बताएका छन्। “एकता अघि हाम्रो पार्टीले दुबै चुनाव चिन्ह प्रयोग गरेकै हो, र उत्तिकै उपयुक्त पनि छ,” उनले देखापढीसँग भने, “तैपनि, बैठकबाट एउटा चुनाव चिन्हलाई टुङ्ग्याएर बाँकी विषयमाथि छलफल हुन्छ।” उनले कार्यकर्ताहरूको भावना समेटिने गरी चुनाव चिन्ह टुङ्ग्याइने बताए। एकता पहिले राप्रपाले ‘हलो’ र राप्रपा नेपालले ‘गाई’ चुनाव चिन्ह प्रयोग गरेको थियो। चुनाव चिन्ह कुन प्रयोग गर्ने भन्नेमा हाल पार्टीमा विवाद छ।

विवादीत विषयहरूलाई समितिले घनिभूत छलफल गरेर टुङ्ग्याउने जनाएको छ। पार्टी एकताको क्रममा देखिएको विवाद टुङ्ग्याउन सुझाव पेश गर्ने कार्याधिकार समितिलाई छ। सुझाव पेश गर्ने समय सीमा ६ दिनको छ। गएको बुधबार समिति गठन भएको हो।

समितिले पार्टी एकता सम्बन्धी अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी एकता सम्बन्धी आधारपत्रको व्याख्या गर्दै सुझाव दिनेछ।

पार्टी एकता भएको महिनौं हुँदा पनि एकता प्रक्रियामा देखिएको विवादकै कारण पार्टी निर्वाचन आयोगमा दर्ता पनि भएको छैन। देशभरबाट दर्ता प्रक्रिया चाँडोभन्दा चाँडो टुङ्ग्याउन पार्टी नेतृत्वलाई दबाब छ ।

राजधानीमा रहेका पार्टीका दोस्रो पुस्ताका नेताहरूले छलफल जारी राखेर अध्यक्षत्रयलाई पार्टी एकता टुट्न नदिन र दर्ता प्रक्रिया शीघ्र सम्पन्न गर्न दबाब पनि दिँदै दिएका छन् ।

समितिमा दीपक बोहरा, बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, श्याम तिमिल्सिना र राजेन्द्र लिङ्देन सदस्य छन्।

"> राप्रपाको सुझाव समिति बैठकमा चुनाव चिन्हबारे छलफल : Dekhapadhi
राप्रपाको सुझाव समिति बैठकमा चुनाव चिन्हबारे छलफल
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्न गठित सुझाव समितिको बैठकमा चुनाव चिन्हबारे छलफल भएको छ। चुनाव चिन्ह ‘हलो’ वा ‘गाई’ राख्ने भन्ने विषयमा आइतबार छलफल भएको हो।

समिति सदस्य श्याम तिमिल्सिनाले चुनाव चिन्ह टुङ्ग्याएर पार्टी एकताको क्रममा भएको आधारपत्रमाथि व्याख्या गरिने बताएका छन्। “एकता अघि हाम्रो पार्टीले दुबै चुनाव चिन्ह प्रयोग गरेकै हो, र उत्तिकै उपयुक्त पनि छ,” उनले देखापढीसँग भने, “तैपनि, बैठकबाट एउटा चुनाव चिन्हलाई टुङ्ग्याएर बाँकी विषयमाथि छलफल हुन्छ।” उनले कार्यकर्ताहरूको भावना समेटिने गरी चुनाव चिन्ह टुङ्ग्याइने बताए। एकता पहिले राप्रपाले ‘हलो’ र राप्रपा नेपालले ‘गाई’ चुनाव चिन्ह प्रयोग गरेको थियो। चुनाव चिन्ह कुन प्रयोग गर्ने भन्नेमा हाल पार्टीमा विवाद छ।

विवादीत विषयहरूलाई समितिले घनिभूत छलफल गरेर टुङ्ग्याउने जनाएको छ। पार्टी एकताको क्रममा देखिएको विवाद टुङ्ग्याउन सुझाव पेश गर्ने कार्याधिकार समितिलाई छ। सुझाव पेश गर्ने समय सीमा ६ दिनको छ। गएको बुधबार समिति गठन भएको हो।

समितिले पार्टी एकता सम्बन्धी अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी एकता सम्बन्धी आधारपत्रको व्याख्या गर्दै सुझाव दिनेछ।

पार्टी एकता भएको महिनौं हुँदा पनि एकता प्रक्रियामा देखिएको विवादकै कारण पार्टी निर्वाचन आयोगमा दर्ता पनि भएको छैन। देशभरबाट दर्ता प्रक्रिया चाँडोभन्दा चाँडो टुङ्ग्याउन पार्टी नेतृत्वलाई दबाब छ ।

राजधानीमा रहेका पार्टीका दोस्रो पुस्ताका नेताहरूले छलफल जारी राखेर अध्यक्षत्रयलाई पार्टी एकता टुट्न नदिन र दर्ता प्रक्रिया शीघ्र सम्पन्न गर्न दबाब पनि दिँदै दिएका छन् ।

समितिमा दीपक बोहरा, बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, श्याम तिमिल्सिना र राजेन्द्र लिङ्देन सदस्य छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्