काठमाडौं। नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले साझा राष्ट्रिय सहमति गरेर सरकारले अतिआवश्यक बाहेक सम्पूर्ण शक्ति कोरोना संक्रमण रोकथाम तथा उपचारमा लगाउनुपर्ने बताएका छन्।
यसअघि राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता समेत रहेका पाण्डेले आज देखापढीसँग कुरा गर्दै अहिले जनतालाई बचाउन राज्यको सम्पूर्ण शक्ति, स्राेतसाधन र जनशक्ति परिचालन गर्न ढिला गर्न नहुनेमा जोड दिए।
“सडक त भोलि पनि बन्ला, रेल वा मोनोरेल त भोलि पनि बन्ला तर, जनताको ज्यान जोगाउनु आजको आवश्यकताा हो। त्यसकारण सत्तापक्ष र प्रतीपक्ष भनेर कसैको मुख हेर्ने बेला होइन, सबै एकजुट भएर कोरोनाको सामना गर्नुपर्छ,” नेता पाण्डेले भने।
जनता आहातमा परेको बेला संसद कोषबाट निर्वाचन क्षेत्रमा जाने चार-चार करोड रूपैयाँ अहिले कोरोना नियन्त्रणका लागि खर्च गर्नुपर्ने उनले बताए। “आमजनताले काम गरेर आधा तलब खाइरहेको अवस्थामा घरमा बसेको सांसदले पूरै तलब खान नैतिकताले दिँदैन,” उनी भन्छन्।
स्वास्थ्यमन्त्रीले सार्वजनिक कार्यक्रममा गएर जनताले यस्तो गीत गाउने छन्, उस्तो गीत गाउने छन् भनेर गिज्याउन नमिल्ने उनले बताए।
उनले थपे, “आईसीयू र भेन्टिलेटरको कमी भयो भनेर पनि सरकार संकटको बेला पन्छिन मिल्दैन।”
कांग्रेसको नजिकिँदो १४औं महाधिवेशनबारे बोल्दै नेता पाण्डेले कांग्रेसभित्र हार स्वीकार गर्न नसक्ने समस्याले एउटा पक्षको नाम नै असन्तुष्ट पक्ष राखिनु हास्यास्पद भएको टिप्पणी गरे।
“महाधिवेशन सकिएको ६ महिनासम्म हारको शोक मनाउने, त्यसपछि जित्नेलाई कसरी असफल बनाउने भन्ने खेल खेल्ने कांग्रेसमा ठूलो समस्या बनेको छ,” नेता पाण्डेले भने।
" /> काठमाडौं। नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले साझा राष्ट्रिय सहमति गरेर सरकारले अतिआवश्यक बाहेक सम्पूर्ण शक्ति कोरोना संक्रमण रोकथाम तथा उपचारमा लगाउनुपर्ने बताएका छन्।यसअघि राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता समेत रहेका पाण्डेले आज देखापढीसँग कुरा गर्दै अहिले जनतालाई बचाउन राज्यको सम्पूर्ण शक्ति, स्राेतसाधन र जनशक्ति परिचालन गर्न ढिला गर्न नहुनेमा जोड दिए।

">