काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीमा निम्तिएको संकट समाधान गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको पार्टी सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
पार्टीमा देखा परेको समस्या र त्यसको समाधानका निम्ति भइरहेको छलफललाई व्यवस्थित ढंगले अगाडि बढाएर टुङ्गोमा पुर्याउन अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठन गरेर सुझाव पेश गर्न गरेको पहलप्रति बैठकले धन्यवाद ज्ञापन गरेको पनि श्रेष्ठले बताए।
“त्यो पहललाई बैठकले सकारात्मक रूपमा लिँदै त्यसको त्यसको निम्ति धन्यवाद दिएको छ”, उनले भने, “कार्यदलले आज राष्ट्रकासामु देखा परेका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुने गरी गर्नुपर्ने कामहरूका बारेमा सुझाव दिन सफल हुने आशाका साथ कार्यदललाई शुभकामना पनि दिएका छौं।”
तर, कार्यदललाई कहिलेसम्ममा सुझाव पेश गर्ने भन्ने समय सीमा निर्धारण गरिएको छैन। बैठकले चाँडो भन्दा चाँडो सुझाव पेश गर्न समय दिएको छ। कार्यदलले घनिभूत छलफल गरेर अध्यक्षद्वयलाई प्रतिवेदन बुझाउने छ। उक्त प्रतिवेदनलाई परिमार्जनसहित पार्टीको सचिवालय वा स्थायी कमिटी बैठकले पारित गर्नेछ ।
गत शुक्रबार अध्यक्षद्वयले पार्टीको संकट समाधानका लागि भन्दै ६ सदस्यीय कार्यदल गठनको गरेको थियो। कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल छन्। सदस्यहरूमा स्थायी समिति सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे रहेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीमा निम्तिएको संकट समाधान गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको पार्टी सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।पार्टीमा देखा परेको समस्या र त्यसको समाधानका निम्ति भइरहेको छलफललाई व्यवस्थित ढंगले अगाडि बढाएर टुङ्गोमा पुर्याउन अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठन गरेर सुझाव पेश गर्न गरेको पहलप्रति बैठकले धन्यवाद ज्ञापन गरेको पनि श्रेष्ठले बताए।

">