काठमाडौं। नेपाल–भारत निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिजम)को आठौं बैठक आज काठमाडौमा सम्पन्न भएको छ। कोरोना महामारीका कारण बैठक भर्चुअल गरिएको थियो।
भर्चुअल बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव शंकर दास वैरागीले गरेका थिए भने भारत तर्फको नेतृत्व नेपालका लागि भारतीय राजदूत निनयमोहन क्वत्राले गरेका थिए। “नेपाल–भारत ओभरसाइट मेकानिजमको भर्चुअल बैठकमा दुवै पक्षबाट भारतको सहयोगमा सञ्चालनमा रहेका विकास परियोजनाको प्रगतिबारे समीक्षा भयो,” परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
सीमा विवादका कारण नेपाल र भारतबीच लामो समय सम्वाद हुन नसकिरहेका बेला नेपाल–ओभरसाइट मेकानिजमको आठौं बैठक हुनुलाई महत्वपूर्ण मानिएको छ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच सम्वाद हुन सकेको थिएन। भारतले कोरोनालाई कारण देखाउँदै नेपालसँग सीमा विवाद सुल्झाउन वार्तामा बस्न मानेको छैन।
यसअघि भारतको स्वतन्त्रता दिवस अगष्ट १५ का दिन नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो। त्यसपछि आज नेपाल–भारत ओभरसाइट मेकानिजमको बैठक बसेको हो। संयन्त्रको सातौं बैठक यसअघि सन् २०१९ जुलाई ८ मा काठमाडौंमा भएको थियो।
यो संयन्त्र सन् २०१६ को सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण गर्दा गठन गरिएको थियो। द्विपक्षीय परियोजना कार्यन्वयनमा सहज होस् र समयै सकियोस् भनेर संयन्त्र गठन गरिएको थियो।
" /> काठमाडौं। नेपाल–भारत निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिजम)को आठौं बैठक आज काठमाडौमा सम्पन्न भएको छ। कोरोना महामारीका कारण बैठक भर्चुअल गरिएको थियो।भर्चुअल बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव शंकर दास वैरागीले गरेका थिए भने भारत तर्फको नेतृत्व नेपालका लागि भारतीय राजदूत निनयमोहन क्वत्राले गरेका थिए। “नेपाल–भारत ओभरसाइट मेकानिजमको भर्चुअल बैठकमा दुवै पक्षबाट भारतको सहयोगमा सञ्चालनमा रहेका विकास परियोजनाको प्रगतिबारे समीक्षा भयो,” परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

">