विधानको पालना गर्न कांग्रेसलाई नेविसंघको आग्रह

काठमाडौ‌ं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले विधानअनुसार तदर्थ समिति बनाउन नेतृत्वसँग माग गरेको छ।

नेविसंघले २५ कात्तिकमा ‘मातृ पार्टीको प्रवृत्ति र नेविसंघको विधानसम्बन्धी’ अन्तरक्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टीलाई आग्रह गरेका हुन्।

नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले नेविसंघको अधिवेशन चाँडो गराउन माग गरे।

“पार्टी बलियो बनाउन भ्रातृ संस्थाको अधिवेशन चाँडो हुनुपर्छ”, उनले भने।

निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले विद्यार्थी नेतृत्वमा ३२ वर्षमुनिकालाई ल्याउन विधानले व्यवस्था गरेकाले विधानअनुसार समिति निर्माण गर्नुपर्ने बताए।

विधानअनुसार समिति नआए सशक्त आन्दोलन गर्ने विद्यार्थी नेताहरूले चेतावनी दिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्