काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वमन्त्री लालबाबु पण्डितले नातावाद, धनवाद र डनवादले नेपालमा सबै सरकारहरू असफल हुँदै आएको बताएका छन्।
देखापढीसँगको कुराकानीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पण्डितले नातावाद, धनवाद र डनवादका कारण दुई तिहाइ बहुमत नजिकको वर्तमान सरकारलाई समेत टिक्न कठिन परेको बताए।
“यहाँ योग्य व्यक्तिको माग छ। तर सबैलाई पद चाहिएको छ। नियुक्ति हुने बेला नातावाद, धनवाद र डनवाद नै चल्छ। नेकपाको अहिलेको समस्या त्यही हो,” पूर्व मन्त्री पण्डितले नेकपाभित्र संकट चुलिनुको कारण खोतले।
कुनै पनि मन्त्रीले पूरा कार्यकाल का मगर्न नपाउनु देश विकासको बाधक भएको बताउँदै उनले आफू मन्त्री पदबाट हटाइँदाको असन्तुष्टि पोखे।
“प्रधानमन्त्रीको कार्यालयले गरेको मूल्यांकन र राष्ट्रिय योजना आयोगको बैठकमा पेश भएको डकुमेन्टमा म राम्रो काम गर्ने मन्त्रीको सूचीमा दोस्रो नम्बरमा थिएँ। तर म मन्त्रीमण्डलमा अटिनँ। सबैभन्दा कम नम्बर पाउने मन्त्री अहिले पनि मन्त्रीमण्डलमै ढुक्क हुनुहुन्छ,” नेता पण्डितले असन्तुष्टि जनाए, “सायद अब आउने मन्त्रीले रकेट जस्तो काम गर्छन् होला। मै मन्त्री बन्नु पर्छ भन्ने होइन, तर कुनै पनि मन्त्रीले पूरा कार्यकाल काम गर्न नसक्नु नेपालको विकासको बाधक हो।”
विदेशी शक्तिको बहकाउमा केही नेता आएका कारण आफ्नो दलभित्र विवाद चुलिएको चर्चा गर्दै नेता पण्डितले राजनीतिक दलहरु जनताबाट पाएको अवसर उपयोगमा चुकिरहेको विचार राखे। जनताले दिएको म्यान्डेटअनुसार चल्ने हो भने अहिले सत्तापक्ष र विपक्ष समेत एक भएर काम गर्नुपर्ने उनको भनाइ थियो।
नेकपा विवादमा नेताहरूबीचको छलफल सकारात्मकरूपमा समाधानउन्मुख ढंगले अघि बढिरहेको दाबी गर्दै नेता पण्डितले थपे, “नेताहरूले कुनै पनि हालतमा पार्टी फुटाउन सकिँदैन भन्ने कुरालाइ दिमागमा राख्नुपर्छ। अहिले नेकपा फुटे सिंगो राष्ट्र उथलपुथल हुन्छ। यहाँ कसको चलखेल भइरहेको छ भनेर बुझ्न गाह्राे छ। त्यसकारण अरुको उद्देश्य पूरा हुने गरी पार्टी फुटाउन मिल्दैन।”
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वमन्त्री लालबाबु पण्डितले नातावाद, धनवाद र डनवादले नेपालमा सबै सरकारहरू असफल हुँदै आएको बताएका छन्।देखापढीसँगको कुराकानीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पण्डितले नातावाद, धनवाद र डनवादका कारण दुई तिहाइ बहुमत नजिकको वर्तमान सरकारलाई समेत टिक्न कठिन परेको बताए।

">