काठमाडौं। पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने संकेत देखिएको बताएका छन्। पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माण सम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहिनताको अवस्था अन्त्य भएको बताएका हुन्।
आज न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले पछिल्ला दुई संवाद नेपाल-भारतबीचको तिक्तता मेट्न महत्पूर्ण हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको थियो भने आज ओभरसाइट मेकानिजम बैठक भएको थियो।
सतहमा आएको सीमा विवाद सल्टाउन नेपालले गरेको पत्राचारको जवाफ समेत नदिएको भारतले पछिल्लो समय संवाद थाल्नुलाई सकारात्मक रुपमा लिनुपर्ने पनि थापाको भनाइ छ। यसलाई थापाले संवादको सुरुआत मात्र नभइ समझदारीको नायाँ आधार खडा भएको रुपमा पनि लिएका छन्।
" /> काठमाडौं। पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने संकेत देखिएको बताएका छन्। पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माण सम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहिनताको अवस्था अन्त्य भएको बताएका हुन्।आज न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले पछिल्ला दुई संवाद नेपाल-भारतबीचको तिक्तता मेट्न महत्पूर्ण हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको थियो भने आज ओभरसाइट मेकानिजम बैठक भएको थियो।
सतहमा आएको सीमा विवाद सल्टाउन नेपालले गरेको पत्राचारको जवाफ समेत नदिएको भारतले पछिल्लो समय संवाद थाल्नुलाई सकारात्मक रुपमा लिनुपर्ने पनि थापाको भनाइ छ। यसलाई थापाले संवादको सुरुआत मात्र नभइ समझदारीको नायाँ आधार खडा भएको रुपमा पनि लिएका छन्।
">