काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने निश्चित भएको छ। महाधिवेशनपूर्व पार्टीका सम्पन्न गर्नुपर्ने कामहरू थुप्रै बाँकी रहेपछि सर्ने निश्चित भएको हो। कांग्रेस वृत्तमा आगामी वर्षको भदौतिर महाधिवेशन गर्ने गरी छलफल चल्न थालेको छ।तर, पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति संशोधन गरेको छैन।
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले आगामी फागुनमा पार्टी महाधिवेशन नहुने निश्चितप्रायः भएको बताए। उनका अनुसार महाधिवेशनपूर्वका अधिकांश कामहरू नसकिने भएको छ। “महाधिवेशनको तयारी स्वरूप गर्नपर्ने थुप्रै कामहरू छन्, तर, सकिने देखिएन”, उनले देखापढीसँग भने, “नेताहरूबीच भदौतिर महाधिवेशन गर्ने कुराकानी भइरहेको छ।”
फागुनमा गरिसक्ने भनिएको संगठन समायोजनको काम अझै बाँकी छ। दुई नम्बर प्रदेशको आठ जिल्ला र अन्य प्रदेशको चार जिल्लामा पार्टी समायोजन भएकै छैन। साउन मसान्तसम्ममा सक्ने भनिएको नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण त झन शुरूआती चरणमा जस्तो मात्रै रहेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।
दर्जन बढी जिल्लामा क्रियाशील सदस्यता फारम नै पुगेको छैन। कांग्रेस केन्द्रीय समितिको असार २२ गते बसेको बैठकले महाधिवेशन पूर्वको कार्यतालिका हेरफेर गरेको थियो। तर, हेरफेर गरेको कार्यतालिका अनुसार पनि काम हुन सकेन। कांग्रेसका अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले कोरोना संक्रमणको महामारी नै महाधिवेशन सर्न सक्ने मुख्य कारण रहेको बताए।
“दिनदिनै कोरोना संक्रमण बढिरहेको छ, काम गर्न अवरोध छ, र मुख्य कारण यही हो”, उनले भने, “फेरि बर्खाको समय छ, असोजसम्म काम गर्न सक्ने स्थिति छैन, कार्तिक दसैैं–तिहार आउँछ र त्यसपछि जाडोयाममा काम गर्न सकिन्नँ।” हेरफेर गरिएको कार्यतालिकामा समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि साउन १० गते थियो।
विधाननले तोकेको कार्यविधि अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदसयता वितरण र जिल्ला कार्य समितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य असार २५ गतेदेखि साउन मसान्तसम्म उल्लेख छ। यी दुई वटा काम समय नसकिँदा बाँकी निर्धारित मितिसहितको महाधिवेशन केन्द्रित काममा असर पुगेको हो।
कार्यतालिका अनुसार काम भएको भए यही भदौ मसान्तसम्ममा क्षेत्रीय कार्य समितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची र जिल्ला कार्य समितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन गरेर केन्द्रमा पठाउनुपर्थ्यो। सीमित जिल्लाले मात्रै काम गर्न सकेको बताइएको छ। प्रारम्भिक चरणको काम नसक्दा स्थानीय तहको वडादेखि प्रदेश अधिवेशन प्रभावित हुने निश्चित भएको छ।
“महाधिवेशनको कार्यतालिका अनुसार काम हुन नकेपछि पार्टीका शीर्ष नेताहरू नै महाधिवेशन नै सार्ने कि भन्नेमा पुग्नु भएको छ”, उनले भने, “निर्णय नभइञ्जेल सर्छ भन्न सकिन्नँ तर, फागुनमा हुने सम्भावना अत्यन्त न्यून छ।” कांग्रेसको गत वर्षको माघमा बसेको केन्द्रीय कार्य समिति बैठकले आगामी फागुनको ७, ८, ९ र १० गते महाधिवेशनको मिति तय गरेको थियो। सोही महीनाको १० गते नेपालमा पहिलो कोरोना संक्रमित देखिएको थियो। त्यसपछि संक्रमण फैलिँदै गएपछि चैत ११ गतेदेखि सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि झण्डै चार महीना बन्दाबन्दी गर्यो।
बन्दाबन्दीले पनि कांग्रेसले निर्धारित कार्यतालिका अनुसार काम गर्न नपाएको हो। अझै पनि कोरोना संक्रमण न्यूनीकरण हुनु भन्दा झन फैलिँदो क्रममा रहेपछि त्यसको असर महाधिवेशनमा पर्ने देखिएको हो। शेरबहादुर देउवा नेतृत्वको कार्य समितिको पदावधि गत वर्षको फागुनमा सकिएको हो। कार्यकाल चार वर्षको थियो। तर, विधानमा रहेको ‘विशेष परिस्थिति’ को सुविधालाई उपयोग गर्दै महाधिवेशनको मिति एक वर्षपछि सारिएको थियो।
यद्यपि, विधानको व्यवस्था अनुसार एक वर्षपछि महाधिवेशन सार्दा पनि फेरि नहुने भएकोले थप ६ महिनापछि धकेल्न लागिएको हो। राजनीतिक दलहरूले विधानतः समयमै पार्टीको महाधिवेशन गर्न नसकेको अवस्थामा ६ महीनापछि महाधिवेशन गर्न सक्ने संवैधानिक व्यवस्था छ।
यसरी पटक–पटक महाधिवेशन परिस्थितिजन्य कारणले सर्ने हुँदा कुन पक्षलाई फाइदा र कुन पक्षलाई बेफाइदा हुनसक्ने भन्ने आंकलन पनि कांग्रेस नेताहरूले गर्न थालेका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने निश्चित भएको छ। महाधिवेशनपूर्व पार्टीका सम्पन्न गर्नुपर्ने कामहरू थुप्रै बाँकी रहेपछि सर्ने निश्चित भएको हो। कांग्रेस वृत्तमा आगामी वर्षको भदौतिर महाधिवेशन गर्ने गरी छलफल चल्न थालेको छ।तर, पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति संशोधन गरेको छैन।कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले आगामी फागुनमा पार्टी महाधिवेशन नहुने निश्चितप्रायः भएको बताए। उनका अनुसार महाधिवेशनपूर्वका अधिकांश कामहरू नसकिने भएको छ। “महाधिवेशनको तयारी स्वरूप गर्नपर्ने थुप्रै कामहरू छन्, तर, सकिने देखिएन”, उनले देखापढीसँग भने, “नेताहरूबीच भदौतिर महाधिवेशन गर्ने कुराकानी भइरहेको छ।”

">