काठमाडौं। सरकारले बेल्जियम तथा युरोपेली युनियन (ईयू), जर्मनी र पाकिस्तानको लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका तीनजना सहसचिवको नाम सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो।
मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीलाई बेल्जियम तथा ईयू, राहदानी विभागका महानिर्देशक रामकाजी खड्कालाई जर्मनी र दक्षिणपूर्वी एसिया तथा प्यासिफिक महाशाखाका प्रमुख तापस अधिकारीलाई पाकिस्तानको लागि राजदूतमा सिफारिस गरिएको छ।
“सरकारले परराष्ट्रका तीनजना सहसचिवलाई राजदूतमा सिफारिस गरेको छ,” अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
हाल बेल्जियम तथा ईयूका लागि लोकबहादुर थापा, जर्मनीको लागि रमेशप्रसाद खनाल र पाकिस्तानको लागि सेवा लम्साल नेपाली राजदूतको रुपमा कार्यरत छन्। उनीहरु तीनै जनाको कार्यकाल अबको तीन महिनामा सकिदै छ।
बेल्जियमको लागि राजदूतमा सिफारिस भएका राजभण्डारी लामो समयदेखि परराष्ट्रमा शिष्टाचार महापालको जिम्मेवारीमा थिए।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गर्दा उनी नै शिष्टाचार महापाल रहेका थिए। यसअघि उनले परराष्ट्रको कन्सुलर सेवा विभागमा महानिर्देशको जिम्मेवारी पनि सम्हालेका थिए। महानिर्देशक हुँदा उनले कन्सुलरसम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई आधा घण्टामा सेवा प्रदान गर्ने परिपाटी मिलाएका थिए।
पाकिस्तानको लागि राजदूतमा सिफारिस भएका अधिकारी हाल परराष्ट्रको दक्षिणपूर्वी तथा प्यासिफिक महाशाखा प्रमुखको जिम्मेवारीमा छन्।
जर्मनीको लागि राजदूतमा सिफारिस भएका खड्का अहिले राहदानी विभागमा महानिर्देशको जिम्मेवारमा छन्।
खड्काकै पालामा ई-पासपोर्ट छपाइसम्बन्धी प्रक्रिया अघि बढेको छ।
" /> काठमाडौं। सरकारले बेल्जियम तथा युरोपेली युनियन (ईयू), जर्मनी र पाकिस्तानको लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका तीनजना सहसचिवको नाम सिफारिस गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो।

">