चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन् ।
चितवनको भरतपुरमा बोल्दै अध्यक्ष दाहालले सीमाका विषयमा सबै दल र जनता एकमत भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, “सीमाको विषयमा राष्ट्रिय एकता र सहमति भएको छ । यो गर्वको कुरा हो ।”
सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका चिठीपत्र र सुगौली सन्धिपछि छापिएका औपचारिक र वैधानिक नक्शाले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकाले सोहीअनुरुप अघि बढ्नुपर्ने उनको भनाइ छ ।
“सुगौली सन्धिले महाकाली नदी नै सीमा भनेको छ”, उनले भने, “सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति प्रमाणित गरेको छ ।” रासस