काठमाडौं। कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। ४ भदौमा प्रदेशको स्थापना तथा शहीद दिवस भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
२०७२ साउन देखि भदौ ४ गतेसम्म प्रदेश प्राप्तिका लागि सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए। पछि उनीहरूलाई राज्यले शहीद घोषणा गरेको थियो। प्रदेश सरकारले प्रदेश स्थापनाका लागि भएको आन्दोलन र शहीदको सम्झनामा हरेक वर्ष ४ भदौमा सार्वजनिक विदा दिने गरेको छ।
यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश स्थापना दिवस तथा शहीद दिवस–२०७७ को शुभकामना दिँदै सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दीपावली लगायतका कार्यक्रम गरी दिवस मनाउन आग्रह गरको छन्। उनले कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिले गर्दा स्थापना दिवसको दिनलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था नरहेकाले घरमै बसेर मनाउन आह्वान गरेका हुन्।
“प्रदेश प्राप्तिका लागि आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न प्रदेश सरकार प्रतिवद्धताका साथ लागिरहेको विश्वास दिलाउन चाहन्छु। भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौतिक विकासमा पछाडि रहेको यस प्रदेशलाई तीव्र गतिको सामाजिक, आर्थिक र भौतिक विकास गरि अगाडि ल्याउन ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नाराका साथ प्रदेश सरकार अगाडि बढेको छ”, मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भनेका छन्, “प्रदेश स्थापना दिवस तथा शहीद दिवसको यो गौरवमय अवसरमा प्रदेश सरकारको यो अभियानमा सबै तह र तप्काको सहयोगका लागि पनि हार्दिक आव्हान गर्दछु।”
" /> काठमाडौं। कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। ४ भदौमा प्रदेशको स्थापना तथा शहीद दिवस भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।२०७२ साउन देखि भदौ ४ गतेसम्म प्रदेश प्राप्तिका लागि सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए। पछि उनीहरूलाई राज्यले शहीद घोषणा गरेको थियो। प्रदेश सरकारले प्रदेश स्थापनाका लागि भएको आन्दोलन र शहीदको सम्झनामा हरेक वर्ष ४ भदौमा सार्वजनिक विदा दिने गरेको छ।

">