चाडपर्वका मौलिक पक्षलाई जीवित राखौँ: मुख्यमन्त्री गुरुङ

काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका छन्।

हरितालिका तीज पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु:ख, शान्ति, समृद्धि सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन्।

सन्देशमा उनले नेपालमा मनाइने मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव तथा सांस्कृति सह-अस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुर्‍याउँदै आइरहेको चर्चा गरे।

मुख्यमन्त्रीले तीज पर्वले समेत सबै जातजाति र समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता र सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा प्राप्त हुने विश्वास लिएको जनाएका छन्।

“पितृसत्तात्मक समाजले महिलामाथि थुपारेको भेदभाव, असमानता र अत्याचारको विरुद्ध गीत सङ्गीतको माध्यमबाट आवाज बुलन्द गर्न तीज पर्वको महत्वपूर्ण भूमिका र चाडले दिदीबहिनी तथा दाजुभाइकोबीचमा सौहार्दपूर्र्ण सम्वन्ध कायम गरेको छ।” मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन्।

कोभिड-१९ सङ्क्रमण अझै पनि नहटेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउनसमेत उनले आग्रह गरेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्