उपनिर्वाचन: आज स्थानीय तहको उम्मेदवारी दर्ता हुँदै

काठमाडौं। १४ मंसीरको उपनिर्वाचनका लागि आज स्थानीय तहहरुमा प्रमुख तथा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता हुँदैछ।

निर्वाचन आयोगले जनाए अनुसार आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ।

सम्बन्धित स्थानीय तहको केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा स्थानीय तहको रिक्त रहेका पदहरुमा उम्मेदवारको मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका रहेको छ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि मतदान हुँदैछ।

प्रतिनिधिसभाका १ र प्रदेशसभाका ३ सदस्यका लागि २१ कात्तिकमै उम्मेदवारहरुको मनोनयन दर्ता भइसकेको छ।

निर्वाचनको आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने एकमात्र क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ मा २१, प्रदेशसभातर्फ भक्तपुर–१, ‘क’ मा १९, बाग्लुङ–२ ‘ख’ मा १० र दाङ–३ ‘ख’ मा १४ जना उम्मेद्वार छन्। यसमा ५५ जना पुरुष र ९ जना महिला छन्।

३७ जिल्लामा रिक्त ५२ पदमा उपनिर्वाचन हुँदै छ। जहाँ ४ लाख ५४ हजार ११४ जना मतदाता रहेका छन्। मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्