काठमाडौं। नशा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेले लक्षणविहीन कोरोना संक्रमित युवाहरू वृद्धवृद्धाका लागि सबैभन्दा बढी खतरनाक बनिरहेको बताएका छन्।
आममानिसहरूमा सरकारलाई पछ्याउने बानी हुनेमा जोड दिँदै डा. पाण्डेले सर्वसाधारणहरू नै सचेत नभएसम्म महामारी नियन्त्रणमा आउन कठिन हुने विचार राखे।
देखापढीसँगको कुराकानीमा उनले भने, “मानिसहरू सरकार डराए मात्र डराउँछन्। सरकारले जनजीवन सहज होस् भनेर लकडाउन खुकुलो पारेको थियो। तर, मानिसहरू कोरोना हराइसक्यो झैँ गरेर भीडभाड गर्न थाले।”
डा. पाण्डेका अनुसार प्रायःजसो युवाहरूमा कोरोना संक्रमण भए पनि लक्षण नदेखिने भएकोले थप सचेतता आवश्यक हुन्छ। लक्षण नदेखिए पनि कोरोनामुक्त छु भनेर बुझ्दा समस्या झन् बढेको उनको ठम्याइ छ।
रोग प्रतिरोधात्मक क्षमता बढी भएका मानिसमा संक्रमण भए पनि लक्षण नदेखिने विश्व स्वास्थ्य संगठनको पछिल्लो सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
सर्वेक्षणले देखाएको ‘स्वस्थ्य देखिने मानिस पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्छ’ भन्ने तथ्य डरलाग्दो भएको डा. पाण्डे बताउँछन्।
भन्छन्, “रोग प्रतिरोधात्मक क्षमता बढी भएको मानिसलाई कुनै लक्षण नदेखिन सक्छ। तर रोगसँग लड्ने क्षमता कम भएका संक्रमितमा लक्षण देखिएन भने उसले संक्रमण फैलाइरहेको हुन्छ। शारिरिकरूपमा कमजोर मानिसहरूको ज्यान जाने क्रम बढ्नुको मुख्य कारण यही हो।”
कोरोना महामारीको अवस्था नेपालमा प्रत्येक दिन भयावह हुँदै जानुमा मानिसहरूको सोच कारक रहेको उनको बुझाइ छ। कोरोनालाई अति सामान्य वा निकै भयंकर कुनै पनि रूपमा नजोख्न डा. पाण्डेले सुझाव दिएका छन्।
“कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्ने नाममा गरिएका लकडाउनहरूबाट मानिसको जीवन तनावपूर्ण बनिरहेको छ। यस्तो बेला परिवारसँग बढीभन्दा बढी समय बिताउनु जरूरी हुन्छ। अन्यथा घर कलह हुन पनि सक्छ,” डा. पाण्डेले अनुभव सुनाए, “धेरै मानिसहरू घरायसी समस्याका कारण डिप्रेसनमा गएका छन्। महामारीजन्य कारणले आफूलाई कमजोर ठान्ने मानिसहरूको संख्या बढ्न थालेको छ। यस्तो समस्याले मानिसलाई आत्महत्यासम्म पनि डोर्याउन सक्छ।”
कोरोना महामारी सुरू भएयताको समयमा नेपालमा आत्माहत्याका घटनाहरू बढ्न थालेको प्रसंग कोट्याउँदै डा. पाण्डेले आत्महत्या गर्नेहरूको मनोभावना बुझ्न समाजले नसकेको बताए।
“आत्महत्या गर्ने मानिसले केही संकेत गरिरहेको थियो। तर हामीले बुझन सकेनौं। त्यही कारण आत्महत्याको बाटो रोज्नेको संख्या बढ्न थालेको छ,” उनले भने।
कोरोनाको विषयमा अनावश्यक तर्कना लिनुभन्दा प्रत्येक मानिसले आफूसँगै परिवार र समाजलाई अनुशासितरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न प्रेरित गरे समस्या कम हुने उनको विश्वास छ।
" /> काठमाडौं। नशा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेले लक्षणविहीन कोरोना संक्रमित युवाहरू वृद्धवृद्धाका लागि सबैभन्दा बढी खतरनाक बनिरहेको बताएका छन्।आममानिसहरूमा सरकारलाई पछ्याउने बानी हुनेमा जोड दिँदै डा. पाण्डेले सर्वसाधारणहरू नै सचेत नभएसम्म महामारी नियन्त्रणमा आउन कठिन हुने विचार राखे।

">