जोखिमपूर्ण वस्ती सुरक्षित स्थानमा स्थानान्तरणको समवन्य गर्ने जिम्मा गृह मन्त्रालयलाई
<p>काठमाडौं । गृह मन्त्रालयले बाढी र पहिरोको जोखिममा रहेका देशभरका वस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको समन्वय गर्ने जिम्मेवारी पाएको छ।</p>
<p>मन्त्रिपरिषदको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले गृह मन्त्रालयले जोखिमपूर्ण वस्ती स्थानान्तरणका लागि यथाशीघ्र समन्वय गर्नुपर्ने निर्णय गरिएको बताए।</p>
<p>वस्ती स्थानान्तरणको कार्य भने सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्नु पर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्