काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना रोकथाम र नियन्त्रणको क्षेत्रमा युवाको प्रभावकारी भूमिका हुनुपर्ने बताएका छन्। कोरोना सम्बन्धी सामाजिक सचेतना जगाउनेदेखि मानिसहरूबीच सामाजिक दूरी कायम गराउँदै निको भएर घर आएकालाई समाजमा पुनर्स्थापना गर्नेतर्फ पनि युवाको भूमिका आवश्यक रहेको उनले औंल्याएका छन्।
उनले कोरोना महामारीले युवा वर्गमाथि चुनौती थपिएको बताए। तर, यस्तो अवस्थामा युवाको भूमिका अपेक्षाकृत पटक्कै नभएको उनको गुनासो छ। “हाम्रा लागि ठूलो चुनौती छ र यसलाई सामना गर्न युवाको भूमिका के हुने”, आज युवा गैरसरकारी संस्था महासंघ र राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कोरोना प्रभाव, रोकथाम तथा नियन्त्रणका लागि युवाको भूमिका विषयक भर्चुअल छलफलमा उनले भने, “आफू चर्चामा आउन सामाजिक सञ्जालमा अनेक लेख्ने र बस्ने मात्रै देखेको छु, जो हाम्रो अपेक्षा होइन।”
उनले कोरोना महामारीसँग लड्न सहयोगी भूमिका भन्दा आफूलाई केन्द्रमा राखेर दुनियाँबारे सोच्नेमै युवाको चिन्तन केन्द्रित भएको समेत बताए। मुख्यमन्त्री शाहीले जनस्वास्थ्य विज्ञहरूको सुझाव पनि भिन्न–भिन्न खालको आउने गरेको बताए। जसले गर्दा के गर्ने, के नगर्ने भनेर सरकार अलमलमा परेको उनको भनाइ छ।
“हाम्रोमा त विज्ञहरू पनि अलिक फरक देखिनुपर्छ र त्यसका लागि फरक–फरक सुझाव दिनैपर्छ”, उनले भने, “विज्ञको सुझावले सरकार नै अलमलमा पर्नु परेको छ।”
छलफलमा इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले युवाको भूमिका कोरोना रोकथाम तथा नियन्त्रणमा विलकुल अनुचित भएको बताइन्। महामारीको बेला गम्भीर भएर रोकथाम र नियन्त्रणका लागि सामाजिक सचेतना जगाउनु पर्नेमा अराजक र उत्तेजना फैलाउने मात्रै देखिएको बताइन्।
“इटहरीमा प्रत्येक दिन ४/५ जना नयाँ संक्रमित देखिरहेका छन्, यस्तो अवस्थामा विशेषगरी युवायुवतीहरू बजारतिर मास्क नलगाइ निस्कने, सामाजिक दूरी कायम नगर्ने गरेका छन्। प्रहरीलाई समाउन लगाएर घर पठाउन लगाउनु परेको छ”, उनले भनिन्। कोरोना पोजिटिभ देखिएर पनि उपचारपछि घर आएकालाई समाजमा विभेद गर्ने, अवहेलना गर्ने जस्ता परिपाटी देखिएको र त्यसमा युवाको भूमिका प्रभावहिन देखिएको उनको दुःखेसो छ।
कोरोना संक्रमणपछि ‘होम आइसोलेसन’मा रहेका प्रभाकर गुप्ताले पनि एकपटक कोरोना देखिएर निको भएकाहरूको सामाजिक पुनर्स्थापनामा सचेतनामूलक अभियान युवा वर्गले चलाउनु पर्नेमा जोड दिए। छलफलमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले भने युवाको क्षेत्रमा विनियोजित बजेटसहितको कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा उपलब्धीहिन भएको बताए।
" /> काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना रोकथाम र नियन्त्रणको क्षेत्रमा युवाको प्रभावकारी भूमिका हुनुपर्ने बताएका छन्। कोरोना सम्बन्धी सामाजिक सचेतना जगाउनेदेखि मानिसहरूबीच सामाजिक दूरी कायम गराउँदै निको भएर घर आएकालाई समाजमा पुनर्स्थापना गर्नेतर्फ पनि युवाको भूमिका आवश्यक रहेको उनले औंल्याएका छन्।उनले कोरोना महामारीले युवा वर्गमाथि चुनौती थपिएको बताए। तर, यस्तो अवस्थामा युवाको भूमिका अपेक्षाकृत पटक्कै नभएको उनको गुनासो छ। “हाम्रा लागि ठूलो चुनौती छ र यसलाई सामना गर्न युवाको भूमिका के हुने”, आज युवा गैरसरकारी संस्था महासंघ र राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कोरोना प्रभाव, रोकथाम तथा नियन्त्रणका लागि युवाको भूमिका विषयक भर्चुअल छलफलमा उनले भने, “आफू चर्चामा आउन सामाजिक सञ्जालमा अनेक लेख्ने र बस्ने मात्रै देखेको छु, जो हाम्रो अपेक्षा होइन।”

">