दुई देशको सहमतिमा सीमाको नक्सा बन्‍नुपर्छ: मन्त्री अर्याल
वीरगंज। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमाको नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताएकी छन्।
पर्साको वीरगंजमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले लिपुलेक, कालापानी नेपालकै नक्सामा राखिसकेको बताइन्।
मन्त्री अर्यालले भनिन्, "लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै छौं, लिपुलेक र कालापानी नेपालको नक्सामा नै राखिसकियो ।"
"यो सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन, ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ", उनले भनिन्।
मन्त्री अर्यालले सरकारले गरिरहेको कामलाई जनतामाझ लैजान नेकपा कार्यकर्तालाई आग्रह गरेकी छन्।
"सरकारविरुद्ध सामाजिक सञ्जाल र बाहिर भइरहेको गलत प्रचारले  फिल्डजति सबै प्रतिपक्षलाई छाडेर चुप बसेजस्तो देखियो, कम्तिमा राम्रा कामको प्रचार गर्न तपाईँहरुसँग आग्रह गर्छु", उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्