काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी संकट समाधानका लागि गठित कार्यदलले पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ।
पार्टीको संकट समाधानका विषयमा घनिभूत छलफल गरी प्रतिवेदनमा विभिन्न सुझाव समेटिएको कार्यदलका सदस्य जनार्दन शर्माले बताए। उनले सुझावबारे भने केही खुलाएनन्।
कार्यदलले दिएको सुझावलाई स्थायी कमिटी बैठकमार्फत् निर्णय गरेर केन्द्रीय कमिटी बैठकमा लगिने र त्यसपछि महाधिवेशनमा विवादीत विषयहरूमाथि राजनीतिक, सैद्धान्तिक र सांगठानिकरूपमा बहस गरेर टुङ्ग्याउन दुई अध्यक्ष सहमत भएका छन्।
भदौ १ मा बसेको नेकपा सचिवालय बैठकले महासचिव विष्णु पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदललाई अनुमोदन गरेको थियो।
सदस्यहरूमा स्थायी समिति सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे थिए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी संकट समाधानका लागि गठित कार्यदलले पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ।पार्टीको संकट समाधानका विषयमा घनिभूत छलफल गरी प्रतिवेदनमा विभिन्न सुझाव समेटिएको कार्यदलका सदस्य जनार्दन शर्माले बताए। उनले सुझावबारे भने केही खुलाएनन्।

">