काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकबाट उत्कर्षमा पुगेको आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ। पार्टी विभाजन नजिक पुगेको अड्कल गरिएका बेला गठन गरिएको कार्यदलकै कारण तत्कालका लागि नेकपाको संकट टरेको छ।
महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले अध्यक्ष केपी शर्मा ओली सरकार र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सञ्चालनमा पाँचै वर्ष केन्द्रित हुने सुझाव दिएको छ। कार्यदलको प्रतिवेदन हिजो दुवै अध्यक्षलाई बालुवाटारमा बुझाइएको छ। दुईतिर फर्केको अवस्थाका पार्टी अध्यक्षद्वय ओली र दाहालले एकाएक साउनको ३० गते कार्यदल गठन गरेका थिए। महासचिव पौडेल नेतृत्वमा रहेको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए।
जुन कार्यदल गठनमाथि प्रश्न उठेपछि १ भदौमा बसेको नेकपा सचिवालय बैठकले कार्यदल अनुमोदन गर्दै कार्यदेश दिएको थियो। कार्यदेशअनुसार कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाएको कार्यदल सदस्य जनार्दन शर्माले देखापढीलाई बताए। कार्यदलले प्रतिवेदनमा पार्टीलाई पद्धति र संस्थागत प्रणालीमा लैजान जोड् दिनुपर्ने सुझाव पनि दिएको छ। कार्यदलको सुझावलाई सचिवालय बैठकमा प्रस्तुत गरिने भएको छ। त्यसपछि जारी स्थायी कमिटी बैठकमा प्रस्तुत गरेर प्रस्तावको रूपमा तयार गरिने बताइएको छ। ती प्रस्तावहरूलाई अन्ततः पार्टी महाधिवेशनमार्फत् टुङ्ग्याउने दुई अध्यक्षबीच समझदारी भएको एक नेताले बताए।
यससँगै अब पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने भएका छन्। जारी स्थायी कमिटीको १६ असारमा बसेको बैठकमा पार्टी र सरकारको कामको समीक्षा अजेण्डामाथि छलफल प्रवेश गरेपछि अध्यक्ष ओलीको राजीनामा माग भएको थियो।
बैठकमा राजीनामा माग गर्ने कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षले सरकार र पार्टी दुवै मोर्चामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली असफल भएको आरोप लगाएका थिए। त्यसअघि गत वैशाख २० गतेको सचिवालय बैठकमा पनि अध्यक्ष ओलीको राजीनामाको माग भएको थियो। तर, त्यसबेला उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष ओलीलाई अन्तिम अवस्थामा साथ दिएपछि राजीनामाको संकट टरेको थियो।
जतिबेला दुवै पक्षले संसदीय दलमा बहुमत जुटाउन सांसदहरूको हस्ताक्षर संकलन नगरेका होइनन्। अन्नतः दुबै पक्षले बहुमत जुटाउन सकेनन्। त्यसपछि फेरि, राजीनामाको सवाल स्थायी कमिटी बैठकमा उठेको हो। राजीनामा मागिएपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राजीनामा नदिने अडानबाट ‘टसमस’ भएनन्। राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताइरहे। यसरी राजीनामा दिनुपर्ने र दिननपर्ने अडानले नेकपाको आन्तरिक राजनीति डेढ महीना गिजोलियो।
तर, एक साताअघि टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा शो’मा पत्रकार भुषण दाहालसँग बोल्दै अध्यक्ष ओलीले खिचातानीकाबीच अगाडि बढीरहेको पार्टीभित्रको सम्बन्धमा पाँच दिनभित्रै सकारात्मक परिदृश्य देखिने बताएका थिए। नभन्दै अर्का अध्यक्ष प्रचण्डसँगको सम्बन्ध सुदृढ बनाउँदै तत्कालका लागि पार्टीको आन्तरिक विवाद नै समाधान भएको छ।
परिमाणामतः अकल्पनीय ढङ्गले नेकपाको आन्तरिक राजनीतिले ‘कोर्ष’ परिवर्तन गरेको छ। अब, अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिन नपर्ने भएको छ। ओली प्रधानमन्त्री र नेकपाको पहिलो वरीयताको अध्यक्षका भूमिकामा यथावत रहनेछन्।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकबाट उत्कर्षमा पुगेको आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ। पार्टी विभाजन नजिक पुगेको अड्कल गरिएका बेला गठन गरिएको कार्यदलकै कारण तत्कालका लागि नेकपाको संकट टरेको छ।महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले अध्यक्ष केपी शर्मा ओली सरकार र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सञ्चालनमा पाँचै वर्ष केन्द्रित हुने सुझाव दिएको छ। कार्यदलको प्रतिवेदन हिजो दुवै अध्यक्षलाई बालुवाटारमा बुझाइएको छ। दुईतिर फर्केको अवस्थाका पार्टी अध्यक्षद्वय ओली र दाहालले एकाएक साउनको ३० गते कार्यदल गठन गरेका थिए। महासचिव पौडेल नेतृत्वमा रहेको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए।

">