काठमाडौं। साझा पार्टीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ। आज विज्ञप्ति जारी गर्दै साझाले स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारबाही सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यहार यसैपनि कानूनीरूपमा दण्डनीय कसुर हो। आवश्यक विश्रामसमेत नलिई बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो’, सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई प्रोत्साहन गरेमात्र कोभिड–१९ विरुद्धको लडाईँ केही सहज हुने साझा पार्टीले भनेको छ। ‘देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाइराख्न आवश्यक भूमिका खेल्न साझा पार्टी आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई अपील गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौं। साझा पार्टीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ। आज विज्ञप्ति जारी गर्दै साझाले स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारबाही सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यहार यसैपनि कानूनीरूपमा दण्डनीय कसुर हो। आवश्यक विश्रामसमेत नलिई बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो’, सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

">