काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भोलि भेटवार्ता हुने भएको छ।
आज भेटवार्ता हुने भनिए पनि नभएपछि भोलि हुने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
उनले कारण भने खुलाएनन्।
“हिजो हुने भनिएको थियो, भएन र आज हुने भनिएकोमा नभएपछि अब भोलि बिहान हुन्छ,” प्रेस सल्लाहकार थापाले देखापढीसँग बताए।
उनका अनुसार दुई अध्यक्षबीच पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ।
कार्यदलले शनिबार सुझावसहितको १६ पेजको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो।
प्रतिवेदनमा प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री भएर सरकारको काममा र अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुन सुझाव दिएको छ।
निषेधाज्ञा सकिएलगत्तै स्थायी कमिटीको बैठक राख्न र आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न कार्यदलले सुझाएको छ।
यससँगै सदस्यता वितरण, दस्तावेजीकरणलगायतका विषयको तयारी गर्न असोजको अन्तिम साता केन्द्रीय कमिटीको बैठक राख्न र पार्टी एकताको भावनाअनुसार आगामी महाधिवेशन बहुमतीय आधारमा नभएर सहमतिमा आधारमा गर्न पनि प्रतिवेदनमार्फत कार्यदलले सुझाव दिएको छ।
नेपालको नक्सा प्रकाशनको प्रशंसा गर्दै संघीय तथा प्रदेशका मन्त्रीहरू हेरेफेर र स्थानीय तहमा सरकार सञ्चालनका लागि पार्टीका तर्फबाट निर्देशिका जारी गर्न र पार्टीलाई पद्धतिमा चलाउने र प्रधानमन्त्रीले महत्त्वपूर्ण निर्णयहरू गर्नुपूर्व पार्टीको सल्लाह लिनुपर्ने सुझाव पनि कार्यदलले दिएको छ।
महासचिव पौडेल नेतृत्वको कार्यदलमा सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे रहेका थिए।
कार्यदलले पार्टीको भदौ १ गते बसेको सचिवालय बैठकले दिएको कार्यादेशअनुसार छलफल गरेर सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको हो।
" /> काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भोलि भेटवार्ता हुने भएको छ।आज भेटवार्ता हुने भनिए पनि नभएपछि भोलि हुने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

">