काठमाडौं। नेकपाका नेता डा. विन्दा पाण्डेले राजनीतिक पार्टीभित्र पनि महिला हिंसा भएको बताएकी छन्।
देखापढीसँग कुरा गर्दै पाण्डेले महिलाले चुनाव लड्न खोज्दा पार्टीले टिकट नदिने गरेको बताएकी हुन्।
“चुनाव लड्छौं टिकट दिनुस् भन्दा हाम्रो पहुँच पुग्दैन,” उनले भनिन्, “नेताले टिकट पैसावालालाई दिन्छन्, हामी सक्षम भएर पनि समानुपातिक माध्यमबाट आउनुपर्छ, यो पनि महिलामाथिको हिंसा हो।”
एकजना राष्ट्रपति महिला हुँदैमा सबै महिलाको उत्थान भयो भनेर सोच्नु गलत हुने उनको भनाइ छ।
हरेक राजनीतिक दलको नीतिगत दस्तावेज र निर्वाचन घोषणापत्रमा महिलाविरुद्ध हिंसा अन्त्यको विषय उल्लेख भए पनि दलहरूको व्यवहार भने फरक भएको उनको आरोप छ।
यस्तै उनले कोरोना महामारीका बेला बालिकादेखि महिलामाथि हुने हिंसा बढेको बताइन्।
प्रतिनिधि सभामा महिलाविरुद्ध हिंसाको सन्दर्भमा राखिएको संकल्प प्रस्ताव पारित भएको दुई वर्ष पूरा भएको भन्दै नेता पाण्डेले मुलुकमा बढ्दै गएको हिंसा न्यूनीकरणका लागि राज्यलाई घच्घच्याइरहनु पर्नेमा जोड दिएकी छन्।
कोरिन्टिनभित्र बालिका बलात्कृत हुनु, रञ्जन कोइरालाजस्ता व्यक्तिले उन्मुक्ति पाउँदा थुप्रै पीडित महिलाले न्याय नपाउने उनले चिन्ता व्यक्त गरेकी छन्।
संविधानको मर्मअनुसार काम नहुँदा पीडित महिलाले उचित क्षतिपूर्ति र न्यायसमेत नपाएको पाण्डेको भनाइ छ।
" /> काठमाडौं। नेकपाका नेता डा. विन्दा पाण्डेले राजनीतिक पार्टीभित्र पनि महिला हिंसा भएको बताएकी छन्।देखापढीसँग कुरा गर्दै पाण्डेले महिलाले चुनाव लड्न खोज्दा पार्टीले टिकट नदिने गरेको बताएकी हुन्।

">