काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठन गरेको कार्यदलले पार्टी एकताको क्रममा भएको आधारपत्रबारे व्याख्या गर्ने क्षेत्राधिकार अध्यक्षत्रयको रहेको राय दिएको छ।

कार्यदलको रायसँगै अब आधारपत्रको व्याख्या गर्दै विवादित विषयहरू टुङ्ग्याउने जिम्मा अध्यक्षत्रयकै काँधमा आएको छ।

पटक-पटक बैठक बसेर विवादित रहेका थुप्रै विषयमाथि कार्यदलले छलफल गरेको थियो। अन्तत: क्षेत्राधिकारभित्र नपर्ने भन्दै कार्यदल पन्छिएको हो।

तर, कार्यदल सदस्य श्याम तिमिल्सिनाले पार्टी एकताका हस्ताक्षरकर्ता अध्यक्षत्रय पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापा भएकोले अध्यक्षत्रयबाटै विवादित विषय टुङ्ग्याउनु पर्छ भन्ने निष्कर्षमा कार्यदल पुगेको बताए।

“कार्यदलले एउटा कुरा टुंग्याउँला तर, उहाँहरूले फेरि नमान्नुहोला”, उनले देखापढीसँग भने, “कार्यदललाई कार्यदेश पनि भएन र के व्याख्या गर्नुपर्ने ? उहाँहरूलाई के समस्या भएको भन्ने केही भएन र उहाँहरूलाई जिम्मा लगाउने निष्कर्ष निकाल्यौं।”

मुलुक संघीय संरचनामा गएपछि भएको प्रतिनिधि, प्रदेश र स्थानीय तहको निर्वाचनमा फुटपछि पूर्व-पश्चिम फर्केका पूर्वपञ्चहरूको पार्टीहरूलाई नराम्ररी धक्का लाग्यो। जसले गर्दा उनीहरूको गएको फागुनमा एकता प्रक्रियामा आएका हुन्।

कार्यदलले झण्डै एक साता लगाएर छलफल गरेको हो। स्पष्ट कार्यदेश नभएपछि छलफल मात्रै गरेर अध्यक्षत्रयलाई जानकारी कार्यदलले गरेको छ।

पार्टी एकता प्रक्रियामै विवाद उत्पन्न भएपछि एकता गर्दाको आधारपत्रको व्याख्या गर्दै समाधानार्थ कार्यदल गठन गरिएको थियो।

कार्यदल सदस्य तिमिल्सिनाले आधारपत्रको व्याख्या गर्न मात्रै भनिएको हुँदा अस्पष्ट भएको बताए। “कार्यदेश मात्रै भए हामीलाई काम गर्न सजिलो हुने थियो।” उनले भने।

कार्यदलले चुनाव चिन्हलाई छलफलमार्फत टुंग्याउकव थियो। कार्यदलका सदस्यहरू चुनाव चिन्ह ‘हलो’ हुनुपर्नेमा एकमत भएका थिए।

कमल थापा अध्यक्ष रहेको तत्कालीन राप्रपा नेपालको विधानलाई संशोधन गरी दल दर्ता गर्ने समझदारी पनि जुटेको थियो। र, एकताको महाधिवेशनलगायत विषयमा मोटामोटी सहमति जुटेको कार्यदलले जनाएको थियो।

तैपनि, पार्टी विधान र आधारपत्रभन्दा माथि अध्यक्षत्रय रहेको भन्दै अध्यक्षत्रयले नै विवादीत विषय टुंग्याउनुपर्ने भन्नेमा कार्यदल पुगेको अर्का कार्यदल सदस्य तथा पूर्वमन्त्री बुद्धिमान तामाङले बताए।

“छलफल गरेर विवादित विषयहरूलाई मोटामोटी रूपमा टुंग्याइ सक्यौं, बाँकी जिम्मा उहाँहरूकै हो।” सदस्य तामाङले बताए।

उनका अनुसार कुनै विषय विधानसँग बाझिएको अवस्थामा त्यो आधारपत्र अनुसार हुने र आधारपत्रभन्दा माथि अध्यक्षत्रय रहने उल्लेख छ। चुनाव चिन्हदेखि महाधिवेशनसम्मका १० बुँदामा कार्यदलको बैठकमा छलफल भएको बताए।

कार्यदलमा नेता तामाङ, तिमिल्सिनासहित दीपक बोहोरा, राजेन्द्र लिङ्देन, ध्रुब प्रधान र विक्रम पाण्डे थिए।

पूर्वपञ्चहरूको बाहुल्यता रहेको पार्टीमा विवादित विषयमाथि समझदारी कायम गर्न सजिलो छैन। स-साना मुद्दामा ठुस्किएर पार्टी फुटसम्म लैजाने बानी उनीहरूमा देखिन्छ।

पार्टी एकता भएको वर्ष दिन नपुग्दै एकता प्रक्रियामै राप्रपाभित्र विवाद उत्पन्न भएको छ। विवादकै कारण तत्कालीन राप्रपा नेपालको विद्यमान संशोधन गरिएको छैन। चुनाव चिन्हलाई टुंगो लगाएको छैन।

आधारभूत रूपमा गर्नुपर्ने दलसम्बन्धी गतिविधि एकीकृत राप्रपाबाट भएको छैन। जसले गर्दा एकता भएको छ महिना नाघ्दासम्म निर्वाचन आयोगमा दल दर्ता नभएको हो।

देशभरका नेता तथा कार्यकर्ताहरूले दल दर्ता चाडोभन्दा चाडो गर्न दबाब दिँदै आएका छन्। काठमाडौंमा रहेका पार्टीका दोस्रो तहका नेताहरूले पनि अध्यक्षत्रयलाई विवादित विषय टुङ्ग्याउँदै दल दर्ता छिटो गर्न दबाब दिँदै आएका छन्।

पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म, सापेक्ष हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्थासहितको प्रजातन्त्रप्रति सैद्धान्तिक र राजनीतिक समझदारी कायम गर्दै उनीहरू राप्रपा नामबाट एकीकृत बनेका हुन्।

एकीकृत पार्टीको एकता प्रक्रिया तल्लो तहसम्मै पुर्‍याउनु पर्नेमा हाल अनेक बखेडा झिक्दै आपसमा झगडा गरिरहेका छन्। यद्यपी, पार्टी एकता घोषणासभामा पार्टीलाई विभाजनबाट बचाउने, अरु बढी पार्टीलाई मजबुत बनाउने र मुलुकको वैकल्पिक शक्ति निर्माण गर्ने प्रतिबद्धता अध्यक्षत्रयले जनाएका थिए।

अझ अध्यक्षमध्येका कमल थापाले भने पार्टीलाई फुट्न र फुटाउन नदिने भन्दै हिन्दू धर्मग्रन्थ ‘गीता’ नै छोएका थिए।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठन गरेको कार्यदलले पार्टी एकताको क्रममा भएको आधारपत्रबारे व्याख्या गर्ने क्षेत्राधिकार अध्यक्षत्रयको रहेको राय दिएको छ।

"> राप्रपामा विवादित विषय टुंग्याउने जिम्मा अध्यक्षत्रयलाई : Dekhapadhi
एकीकरणसम्बन्धी आधारपत्रमा गत २४ फागुन राति हस्तारक्षर गर्दै पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा।
राप्रपामा विवादित विषय टुंग्याउने जिम्मा अध्यक्षत्रयलाई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्