काठमाडौं। राष्ट्रिय जनमोर्चाले कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ।
अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी कोरोना रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सकारात्मक मान्दै यसमा सबैको साथ र समर्थन आवश्यक हुने भएकाले चिकित्सकमाथिको दुर्व्यवहारको विरोध गरेका छन्।
हाल विभिन्न ठाउँमा चिकित्सकमाथि दुर्व्यवहारका समाचार आइरहेका छन्।
“स्वास्थ्यकर्मीलाई डेरा, होटल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुर्व्यवहार गर्ने कुरा सही होइन। त्यसको हामी विरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “त्यस प्रकारको व्यवहार गर्नेलाई कारबाही हुनुपर्दछ। स्वास्थ्यकर्मीलाई त्यस प्रकारको व्यवहारबाट रक्षा गर्न र चुनौतीपूर्ण घडीमा पनि उनीहरुको सेवाको कदर गर्दै आवश्यक सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौँ।”
" /> काठमाडौं। राष्ट्रिय जनमोर्चाले कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ।अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी कोरोना रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सकारात्मक मान्दै यसमा सबैको साथ र समर्थन आवश्यक हुने भएकाले चिकित्सकमाथिको दुर्व्यवहारको विरोध गरेका छन्।

">