“खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यपारिक मार्गसँग प्रत्यक्ष सरोकार राख्ने ओमानको भविष्यगत रणनीति र दीर्घकालीन योजनाले पनि यस राज्यसँगको दीर्घकालिन् सुमधुर सम्बन्ध स्थापित गर्नु नेपालका लागि सामरिक तथा रणनीतिक हिसाबले पनि महत्वपूर्ण हुने देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ।
सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढेकोछ। आफ्नै भवन हुँदा दूतावासको वर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दिर्घकालिन् रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने जनाइएको छ।
जग्गामा भवन निर्माणपश्चात् ओमानमा बस्ने नेपालीहरूलाई दैनिक सेवा लिन थप सहज हुने विश्वास दूतावासको छ।

सरकारले ओमानमा लियो ४१०० वर्ग मिटर जग्गा, छिट्टै दूतावास र राजदूतको आवासीय भवन बनाईने: Dekhapadhi
सरकारले ओमानमा लियो ४१०० वर्ग मिटर जग्गा, छिट्टै दूतावास र राजदूतको आवासीय भवन बनाईने

काठमाडौं। ओमान स्थित नेपाली दूतावास तथा राजदूतको आवासीय भवन निर्माणको लागि नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ।

ओमानको परराष्ट्र मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले हस्ताक्षर गरेका थिए।

नेपाली दूतावास भएका देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम उक्त सम्झौता गरिएको ओमान स्थित नेपाली दूतावासले जनाएको छ।

ओमानको मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको दूतावास आज जारी विज्ञप्तिम उल्लेख छ।

“उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४ हजार १०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइनेछ,” विज्ञप्तिमा भनिएको छ।

हस्ताक्षर कार्यक्रमपश्चात् भएको भेटमा मोहम्मद विन नासिरले नेपालसँगको सम्बन्धले विशेष महत्व राख्ने बताएका थिए। जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोमा उनले नेपाली राजदूत ढकाललाई बद्याई दिंदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता जनाएका थिए।

भेटमा उनीहरुले नेपाल-ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा राखेका थिए।

खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ। क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दै आइरहेको छ। समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति एक शान्तिप्रेमी राष्ट्रको रूपमा रहेको छ।