काठमाडौं। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासको अनुगमन तथा निरीक्षण गर्नका लागि उपसमिति गठन गरेको छ।
समितिको कोभिड–१९ को विषयमा भएको भर्चुअल छलफलमा समितिका सदस्य जीवनराम श्रेष्ठ, अञ्जना विशंखे, तिलकबहादुर महत क्षेत्री, सन्तकुमार थारु, एकवाल मियाँ, सरिता न्यौपाने र नमिताकुमारी चौधरी रहेको सात सदस्यीय उपसमिति गठन गरिएको समितिका सभापति जयपुरी घर्तीले बताइन्।
सङ्क्रमणको कारणले जोखिमयुक्त जिल्लामा कन्टयाक ट्रेसिङलाई प्रभावकारी बनाउने, पीसीआर परीक्षण गर्ने र त्यसको रिपोर्ट तोकिएको समयमा यथाशीघ्र सम्बन्धित व्यक्तिलाई जानकारी दिन पनि सरकारलाई निर्देशन दिएको छ। छलफलमा सङ्क्रमितलाई व्यवस्थित आइसोलेसनमामा अक्सिजनसहितको व्यवस्था गर्नुपर्ने र सङ्क्रमितलाई स्वास्थ्यवर्धक र सन्तुलित आहारको प्रबन्ध मिलाउनसमेत निर्देशन दिएको छ।
छलफलमा कोभिड–१९ को उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तह बीचमा सक्रिय समन्वय र सहकार्य गर्न समेत निर्देशन दिइएको छ। छलफलमा काठमाडौं उपत्यकामा समयमा नै उपचार, रोकथाम र नियन्त्रणको लागि व्यवस्थित र सशक्त कदम चाल्न नसकेमा स्थिति निकै भयावह हुने देखिएकोले स्थानीय तहसँगको छलफल गरी चाँडो नियन्त्रण गर्न र सङ्क्रमितलाई तत्काल आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ। रासस
" /> काठमाडौं। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासको अनुगमन तथा निरीक्षण गर्नका लागि उपसमिति गठन गरेको छ।समितिको कोभिड–१९ को विषयमा भएको भर्चुअल छलफलमा समितिका सदस्य जीवनराम श्रेष्ठ, अञ्जना विशंखे, तिलकबहादुर महत क्षेत्री, सन्तकुमार थारु, एकवाल मियाँ, सरिता न्यौपाने र नमिताकुमारी चौधरी रहेको सात सदस्यीय उपसमिति गठन गरिएको समितिका सभापति जयपुरी घर्तीले बताइन्।

">