काठमाडौं। समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ।
संविधान संशोधनको सर्तसहित सरकारमा सामेल भएको समाजवादी पार्टीको आज बस्ने संघीय परिषद्को बैठकमा अहिलेसम्मको उपलब्धी समीक्षा गरेर मात्र भावी रणनीति बनाउने केन्द्रीय उपाध्यक्ष हेमराज राईले देखापढीलाई बताए।
“प्रधानमन्त्रीले हिउँदे अधिवेशनमा संविधान संशोधनको प्रस्ताव लग्छौं भन्नुभएको थियो, आश्वासन अनुसार काम भएन, एकपटक पुनःस्मरण गराउँछौं त्यसपछि मात्र सरकारमा बस्ने कि नबस्ने टुंगो लाग्नेछ”, उपाध्यक्ष राईले भने।
समाजवादी पार्टीले परिषद् बैठकमार्फत संविधान संशोधनका लागि अन्तिम पटक अधिकतम ६ महिनासम्मको अल्टिमेटम दिने समाजवादी पार्टीका एक नेताले जानकारी दिएका छन् ।
संविधान संशोधन हुनुपर्ने सर्त पुरा नगरेको, केही दिनअघि नियुक्त प्रदेश प्रमुखको विषयमा सत्ता साझेदार भएर पनि थाहा नदिएको भन्दै समाजवादी पार्टीले आपत्ति जनाउँदै आएको छ।
परिषद्को बैठकबाट प्रधानमन्त्रीसँग वार्ता गर्न र सरकारमा सामेल हुने वा नहुने लगायतको विषयमा निर्णय गर्न केन्द्रीय कार्य समितिलाई अधिकार दिइने बताइएको छ।
संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको एकतापश्चात समाजवादी पार्टीको परिषद् बैठक पहिलोपटक बस्न लागेको हो।
संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रस्तुत गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदन, एकता प्रक्रियाको टुंगो लगायतका विषय छलफलको कार्यसूचीमा छ।