प्रवण मुखर्जीको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त <p>काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रवण मुखर्जीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना व्यक्त गरेकी छिन्।</p> <p>ट्वीटरमार्फत नेपालीमै समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छिन्, &quot;भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुःखद् निधनबाट मर्माहत भएको छु। नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ।&quot;</p> <p>त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुखर्जीको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। ट्वीट गर्दै प्रधानमन्त्री ओलीले प्रवण नेपालको &lsquo;ग्रेट फ्रेण्ड&rsquo; रहेको बताएका छन्। मुखर्जीले नेपाल र भारतको सम्बन्ध बलियो बनाउन धेरै प्रयासहरु गरेको ओलीको भनाई छ। ओलीले शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरे।</p> <p>मुखर्जीको दिल्लीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा आज निधन भएको थियो। ८४ वर्षीय मुखर्जीको ब्रेन सर्जरीपछि अवस्था गम्भीर बन्दै गएको थियो। १० अग्रस्टमा अस्पताल भर्ना भएका उनमा कोरोना पोजिटिभ देखिएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्