नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्डको शव ह्यामिसफेरको एक जंगलमा भेटियो

काठमाडौं। नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव ह्यामिसफेरको एक जंगलमा भेटिएको छ।

अन्तिम पटक बेन्टिलेमा मे महिनाको ६ तारिखमा देखिएका रिचार्डको शव एलाइस होल्ट जंगलमा भेटिएको अधिकारीहरुले जानकारी दिएको बीबीसीले बताएको छ।

५२ वर्षीय मोरिसको शव संकास्पद नदेखिएको र यसबारे उनको परिवारलाई पनि जानकारी गराइसकिएको छ। यसअघि पनि प्रहरीले त्यो जंगलमा खोजी गरेको थियो। मोरिस यसै जंगलमा दौडिन रुचाउँथे।

मोरिस २०१९ सम्म चार वर्षका लागि बेलायती राजदूत बनेर नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्