नेपालको इतिहासमै 'जम्बो' पदाधिकारी बनाउँदै जसपा नेपाल

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल दुई कार्यकारी अध्यक्षसहित ५१ जनाको जम्बो पदाधिकारी बनाउने तयारीमा जुटेको छ।

चार महिना अघि तत्कालिन संघीय समाजवादी पार्टी (सजपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका ५१ जनलाई नै पदाधिकारी बनाउने बहस सुरु भएको हो।

पार्टी एकताको चार महिनापछि दुई अध्यक्षसहितको नयाँ मोडलमा पदाधिकारी बाँडफाँडको बहस सुरु भएको हो।

सजपा र राजपाबीच चार महिना अगाडि एकता भए पनि पदाधिकारी बाँडफाँड प्रक्रिया टुङ्गोमा पुग्न सकेको छैन। निर्वाचन आयोगमा दर्ता गर्ने बित्तिकै मर्यादाक्रमलाई लिएर विवादित बनेको नयाँ जनता समाजवादी पार्टी अब कार्यकारी तथा संघीष परिषद अध्यक्ष गरी दुई नेतृत्वसहितको मोडलमा बसह सुरु भएको छ।

यसअघि साउन २१ देखि २४ गतेसम्म बसेको केन्द्रिय समिति बैठकले नै पदाधिकारीको टुङ्गो लगाउने भनिएको थियो। तर, त्यसबाट टुङ्गो नलागेपछि पाँच जना शीर्ष नेतालाई यसको जिम्मेवारी दिइएको थियो। पाँच शीर्ष नेतामा महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राई छन्।

पार्टी एकताअघि राजपामा भएको पदाधिकारी मोडलअनुसार नै जिम्मेवारी दिइनुपर्ने तत्कालिन समाजवादी पार्टीले माग गरेको छ। यसअघि तीन वरिष्ठ नेता, आठ उपाध्यक्ष, तीन महासचिव, चार उपमहासचिव, पाँच सचिव र एक कोषाध्यक्ष थिए।

नयाँ संरचनाअनुसार कार्यकारी अध्यक्ष दुई, संघीय परिषद अध्यक्ष एक, वरिष्ठ नेता दुई जना हुनेछन् भने सहअध्यक्षको पद रहने छैन। त्यस्तै, १६ उपाध्यक्ष, ६ महासचिव, ८ उपमहासचिव, १० सचिव र ६ जना प्रवक्ता हुनेछन्।

प्रतिक्रिया दिनुहोस्