समाजवादी-राजपा एकीकरण पहल

काठमाडौं। समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरणका लागि छलफल थालेको छ।

समाजवादी पार्टीको २८ कात्तिकमा बसेको संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजपासँग एकीकरण वार्ता भइरहेको जानकारी दिएका हुन्।

बैठकमा अध्यक्ष डा. भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राजपासँग मुद्दा मिल्ने उल्लेख छ।

भट्टराईले राजपालाई पहिचान र लोकतन्त्रको पक्षपाती दलको संज्ञा दिएका छन्।

समाजवादीले नेकपा, कांग्रेस, राप्रपालगायतका दलसँग भने एकीकरण नगर्ने प्रस्ट पारेको आजको अन्‍नपूर्ण पोष्टमा समाचार छ।

केही महीनायता समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणका लागि अनौपचारिक संवाद भइरहेको छ।

राजपा नेपालले एकीकरणका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने र समानताका आधारमा नेतृत्व व्यवस्थापन हुनुपर्ने सर्त अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्