काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।
पूर्वनिर्धारित ११ बजेको समयबाट बैठक ३ बजेलाई सारिएको नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आजको सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद समाधान गर्न सुझावका लागि गठित कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल हुनेछ।
बैठकमा कार्यदलका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्द्धन शर्मा र शंकर पोखरेल पनि सहभागी हुने बताइएको छ।
त्यस्तै राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने सदस्यको चयनबारे छलफल हुने सचिवालय बैठकको अजेण्डा छ।
अध्यक्ष पुष्पकमल दाहालले भने उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। तर, प्रधानमन्त्री ओलीले अहिले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने र पछि कुनै उपाय निकालेर गौतमको उचित व्यवस्थापन गर्ने आश्वासन दिएको स्रोतले बताएको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।पूर्वनिर्धारित ११ बजेको समयबाट बैठक ३ बजेलाई सारिएको नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

">