विपद्का घटनाबाट भएको क्षतिप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त
<p>काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले गए राति देशका विभिन्न स्थानमा भएका विपद्का घटनाबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।</p>
<p>सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले ‘मौसमी विपद जोखिम हरेका वर्ष भयावह हुने गरेको छ। बागलुङ, कालिकोट, र सिन्धुपाल्चोकमा गउको बाढी–पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति हुन गएकोमा अत्यन्तै दुःखी’ भएको बताएकी छन्। </p>
<p>“प्रकृति र वातावरणमैत्री दिगो, र सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाऔं,” उनले भनेकी छन्।</p>
प्रतिक्रिया दिनुहोस्