काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आज बर्दियाबाट चुनाव हारेका वामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गर्ने निर्णय गरेपछि अर्थमन्त्री युवराज खतिवडाको युगमा अल्पविराम लागेको छ।
सचिवालयको निर्णयअनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि गौतमको नाम राष्ट्रपतिसमक्ष पेश गर्नेछन्।
सांसद नभएको व्यक्ति ६ महिनाभन्दा लामो समय संघीय सरकारमा मन्त्री हुन नपाउने संवैधानिक व्यवस्थाअनुसार सञ्चार तथा सुचना प्रविधि एवं अर्थमन्त्री खतिवडा भदौ २० बाट स्वत पदमुक्त हुनेछन्।
बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएपछि नेकपाको सचिवालयका सबै सदस्य सांसद हुने भएका छन्। नेकपाले यसअघि नै गोर्खाबाट चुनाव हारेका पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा मनोनित गरिसकेको छ।
प्रवक्ता श्रेष्ठका अनुसार आजको सचिवालय वैठकले पार्टी नेतृत्वबीच लामो समयदेखि रहँदै आएको विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदललाई धन्यवाद दिएको थियो।
अध्यक्षद्धय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दुई/दुई नेताहरु समावेश कार्यदलले प्रधानमन्त्रीले पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने र महाधिवेशनसम्म अर्का अध्यक्ष दाहालले कार्यकारी अध्यक्षका रुपमा पार्टीमा बढL सक्रिय हुने सुझाव पेश गरेको थियो।
कार्यदलमा प्रधानमन्त्री ओली पक्षबाट संयोजक पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, दाहाल पक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल तथा नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए।
यसैगरी सचिवालय बैठकले अध्यक्षद्धयलाई स्थायी कमिटी वैठकको कार्यसूची जिम्मा दिँदै चाँडै बैठक बोलाउने सहमति गरेको पनि प्रवक्ता श्रेष्ठले बताए।
गौतम राष्ट्रिय सभामा प्रवेश गर्ने पक्का भए पनि उनी सरकारमा सहभागी हुने/नहुने भन्नेबारे अझै निर्क्यौल भइसकेको छैन। गौतमले यही सरकारमा उपप्रधानमन्त्री अर्थमन्त्री हुन चाह देखाउँदै आएका छन्। तर यसमा प्रधानमन्त्री ओली अझै सकारात्मक भइसकेका छैनन्। र, गौतमका सामु सरकारमा सहभागी हुन संवैधानिक अड्चन समेत छ।
तर नेकपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका वामदेवको लामोसमयदेखिको हुटहुटी हेर्दा भने उनले मन्त्रिपरिषद्मा सहभागी हुन हरसम्भव प्रयास गर्नेछन्। एकातिर कानुनी अड्चन र अर्कोतिर पार्टीभित्रै पनि अर्थमन्त्रीका रुपमा सर्वस्वीकृत नभएकाले गौतमको चाह पूरा हुन त्यति सहज भने देखिँदैन।