नेपालसँगको सम्बन्धलाई पाकिस्तानले उच्च महत्व दिएको छ: पाकिस्तानी विदेशमन्त्री कुराशी
<p>काठमाडौं। पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुराशीले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले उच्च महत्व दिएको बताएका छन्। पाकिस्तानको लागि नेपाली राजदूत सेवा लम्साल अधिकारीसँगको भेटवार्ताका उनले यस्तो बताएका हुन्।</p>
<p>भेटमा पाकिस्तानी विदेशमन्त्री कुराशीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध मजबुत बन्दै गएको बताएको पाकिस्तान समाचार संस्था डिस्प्याच न्यूज डेस्कले जनाएको छ।</p>
<p>राजदूत अधिकारीले पाकिस्तानी विदेशमन्त्रीसँग विदाई भेट गरेकी थिईन्। आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी उनी छिट्टै नेपाल फर्कदै छिन्। भेटमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा कुराशीले अधिकारीलाई बधाई दिएका थिए। </p>
<p>भेटमा नेपाल–पाकिस्तान द्विपक्षिय सम्बन्ध र आपसी हितका विषय लगायत क्षेत्रिय अवस्थाका बारेमा पनि छलफल भएको थियो। द्विपक्षिय व्यापार बृद्धि गर्ने कुरामा पनि छलफल भएको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्