काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
बैठकमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने सदस्यका लागि नेकपा उपाध्यक्ष बामदेव गौतमको नाम सिफारिस हुने बताइएको छ।
आजको बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन्।
खतिवडाको राष्ट्रिय सभा सदस्यता भोलि (शनिबार) सकिदै छ। राष्ट्रिय सभामा आफ्नो समय थप नहुने भएपछि खतिवडाले आजै मन्त्रिपरिषद् बैठकमा राजीनामा दिन लागेका हुन्।
सत्तरुढ नेकपा सचिवालयको हिजोको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरिसकेको छ।
" /> काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।बैठकमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने सदस्यका लागि नेकपा उपाध्यक्ष बामदेव गौतमको नाम सिफारिस हुने बताइएको छ।

">