काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर–८ र ९ का पहिरो पीडितलाई राहतको घोषणा गरेका छन्। उनले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रूपैयाँ राहत दिने बताएका छन्। पहिरोबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका घरको पुनर्निर्माणका लागि आफै बनाउने हो भने तीन लाख रूपैयाँ दिने उनले बताए। थप ऋण पनि दुई लाख दिने मन्त्री थापाले आश्वासन दिए।
शुक्रबार पहिरोग्रस्त क्षेत्र ढोरपाटन पुगेर उनले सरकारले स्वास्थ्य चौकी, विद्यालय, पुल, विद्युत गृह, सडक लगायतका क्षतिग्रस्त संरचनाहरू यथासक्य चाँडो निर्माण गरिने पनि बताए। “यो सरकार तपाईंहरूले नै निर्माण गरेको सरकार हो, त्यसैले तपाईंहरूको दुःखमा साथ दिन आएका छौं,” उनले भने, “क्षतिग्रस्त सबै संरचना सरकारले बनाउनेछ र क्षतिपूर्ति दिन्छौं।”
मन्त्री थापाले सो अवसरमा तत्कालका लागि पीडित परिवारहरूलाई राहत वितरण गरेका थिए। बुधबार राति ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ मा गएको पहिरोमा परी जनधनको ठूलो क्षति भएको थियो।
" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर–८ र ९ का पहिरो पीडितलाई राहतको घोषणा गरेका छन्। उनले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रूपैयाँ राहत दिने बताएका छन्। पहिरोबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका घरको पुनर्निर्माणका लागि आफै बनाउने हो भने तीन लाख रूपैयाँ दिने उनले बताए। थप ऋण पनि दुई लाख दिने मन्त्री थापाले आश्वासन दिए।शुक्रबार पहिरोग्रस्त क्षेत्र ढोरपाटन पुगेर उनले सरकारले स्वास्थ्य चौकी, विद्यालय, पुल, विद्युत गृह, सडक लगायतका क्षतिग्रस्त संरचनाहरू यथासक्य चाँडो निर्माण गरिने पनि बताए। “यो सरकार तपाईंहरूले नै निर्माण गरेको सरकार हो, त्यसैले तपाईंहरूको दुःखमा साथ दिन आएका छौं,” उनले भने, “क्षतिग्रस्त सबै संरचना सरकारले बनाउनेछ र क्षतिपूर्ति दिन्छौं।”
मन्त्री थापाले सो अवसरमा तत्कालका लागि पीडित परिवारहरूलाई राहत वितरण गरेका थिए। बुधबार राति ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ मा गएको पहिरोमा परी जनधनको ठूलो क्षति भएको थियो।
">