प्रधानमन्त्री ओलीलाई १२औं पटक मन्त्रीमण्डल पुनर्गठनको बाटो खुल्ला
काठमाडाैं। अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीबाट युवराज खतिवडाले राजीनामा दिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १२औं पटक मन्त्रीमण्डल पुनर्गठन गर्ने बाटो खुल्ला भएको छ।

संघीय संसदबाट पहिलो निर्वाचित प्रधानमन्त्री ओलीले गत २०७४ फागुन ३ गते कार्यभार सम्हालेपछि खतिवडाले आज राजीनामा लगत्तै १२औं पटक मन्त्रीमण्डल पुनर्गठन गर्ने बाटो खुल्ला भएको हो। १२औं पटक हुन लागेको मन्त्रीमण्डल पुनर्गठनमा ३ जना मन्त्रीहरु थपिने छन्।

आफ्नो कार्यकालको अन्तिम मन्त्रिपरिषद बैठकमा आज सहभागी भएका खतिवडाले राजीनामा दिने प्रधानमन्त्री ओलीलाई जानकारी दिइसकेका छन्। खतिवडाले राजीनामा दिए लगत्तै अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त हुनेछ।

खतिवडाको राजीनामापछि उक्त मन्त्रालयको जिम्मेवारी दिनका लागि प्रधानमन्त्री ओलीले थप दुई जनालाई मन्त्रीमण्डलमा नियुक्त गर्नुपर्ने छ। नेपालको संविधानले २५ जनाभन्दा बढी सदस्य रहेको मन्त्रीमण्डल बनाउन रोक लगाएको छ भने हाल ओली नेतृत्वको मन्त्रिपरिषदमा २३ जना सदस्य छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका छन्।

अबको मन्त्रीमण्डल विस्तारमा अनिवार्य रुपमा अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा नयाँ अनुहार थपिनेछन् भने संविधान प्रदत्त अधिकार भन्दा कम संख्या अर्थात् २३ जना मात्रै रहेकाले २५ जनासम्मको मन्त्रीमण्डल विस्तार गर्न सक्ने छन्।

“पार्टी भित्रको शक्ति सन्तुलन मिलाउनका लागि कुनै मन्त्रीहरु नहटाए पनि प्रधानमन्त्रीले ५ जनालाई अब पुनर्गठन गर्ने सम्भावना छ,” ओली निकट एक नेताले भने, “त्यसका लागि प्रचण्ड-नेपाल समूहका नेताहरु पनि पुनर्गठन हुने मन्त्रीमण्डलमा अट्न सक्नेछन्।” उनका अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुसँग प्रधानमन्त्री ओलीले छलफल चलाई रहेका निकटवर्ती स्रोतले जानकारी दिएका छन्।

तर, आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीपरिषद पुनर्गठन हुने सम्भावना कम भएको भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। “तत्काल मन्त्रीमण्डल पुनर्गठन हुदैँन, तपाईहरु जनताले अनुभुत हुने गरी ढुक्क भएर काम गर्नुहोस्,” प्रधानमन्त्रीको निर्देशन उल्लेख गर्दै एक मन्त्रीले भने। मन्त्रिपरिषदको आजको बैठकमा युवराज खतिवडाले राजीनामा दिने जानकारी गराएपछि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन नहुने जनाएका थिए।

प्रधानमन्त्री निकट स्रोतका अनुसार स्थायी कमिटी बैठक सकिएपछि मात्रै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने सोच बनाएका छन। “स्थायी कमिटी बैठकमा को कसरी प्रस्तुत हुन्छ भन्ने त्यसै आधारमा प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने सम्भावना छ, त्यो अघि सायद हुदैन होला,” प्रधानमन्त्री निकट स्रोतले भन्यो। बिहीबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली-प्रचण्डको सल्लाह अनुसार तत्काल स्थायी कमिटी बैठक बोलाउन सुझाव दिएको छ।

स्थायी कमिटी बैठक सम्पन्न गरेपछि मात्रै ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने योजना बनाएकाले ढुक्क भएर काम गर्न आजको मन्त्रीपरिषद बैठकमा मन्त्रीहरुलाई निर्देशन दिएको बुझिएको छ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी गठबन्धनबाट २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले यसबीचमा ११औं पटक मन्त्रीमण्डल विस्तार गरिसकेका छन्। यसै क्रममा उनको मन्त्रीमण्डलबाट तत्कालीन समाजवादी पार्टी भने बाहिरिएको थियो। जसकाकारण नेकपाको एकलौटी सरकार ओलीले हाल चलाइरहेका छन्।

प्रधानमन्त्री ओलीले २०७६ फागुन ३ मा नियुक्त भएको २ महिनामा ३ पटक मन्त्रीमण्डल विस्तार गरेका थिए। जसअनुसार फागुन ३, फागुन १४ र चैत २ गते मन्त्रीमण्डल विस्तार गरेका थिए।

२०७५ सालमा पनि प्रधानमन्त्री ओलीले ३/३ पटक मन्त्रीमण्डल विस्तार र पुनर्गठन गरेका थिए। जसअनुसार जेठ १८ मा तत्कालिन समाजवादीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केही मन्त्री थप्दै आफ्नो मन्त्रीमण्डल विस्तार गरेका थिए, त्यसपछि पनि साउन १८ र फागुन १६ मा उनले मन्त्रीमण्डल विस्तार र पुनर्गठन गरेका थिए।

ओलीले झन्डै ३ वर्षे कार्यकालमा २०७६ सालमा मात्रै ५/५ पटक मन्त्रीमण्डल पुनर्गठन गरे। जसअनुसार साउन १५, मंसिर ४, फागुन ४, फागुन ८ र फागुन २१ गते मन्त्रीमण्डल पुनर्गठन गरेका थिए।

यसबीचमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटना परी निधन भएको थियो भने समाजवादीका तत्कालिन राज्य मन्त्री डा. सुरेन्द्र यादव बर्खास्तीमा परेका थिए। त्यस्तै तत्कालीन उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएका थिए। कान्ुन मन्त्री भानुभक्त ढकाल स्वास्थ्य मन्त्रालयमा सरुवा भएका थिए।

त्यसअघि स्वास्थ्य मन्त्री भएकी पद्मा अर्याल पनि भूमीसुधार मन्त्रालयमा सरुवा भएकी थिइन्। ओलीको कार्यकालमा ३ जना मन्त्रीले सरुवा हुनु परेको थियो भने खतिवडाले ३/३ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। ३/३ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने एक्ला मन्त्री खतिवडाले अर्थसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेको थियो।

ओली सरकारका पालामा नैतिकताका आधारमा तत्कालिन कानुन मन्त्री शेरबहादुर तामाङ र सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएर बाहिरिनु परेको थियो। खतिवडाले राजीनामा दिएपछि दुईवटा मन्त्रालयको कार्यभार सम्हाल्ने एक्ला मन्त्री बसन्त नेम्वाङ छन्, उनले भौतिक योजना तथा यातायातसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।

ओलीले पार्टी भित्रको आन्तरिक विवादलाई हल हुने गरी अब हुने मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्दा पार्टी भित्रको शक्ति सन्तुलनलाई प्रमुख आधार बनाउने उनी निकट नेताहरु बताउँछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्