अर्थ र सञ्चार मन्त्रालय तत्काल प्रधानमन्त्री ओलीले नै राख्ने
<p>काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने तोकेका छन्।</p>
<p>मौजुदा मन्त्रिपरिषद्का सदस्य खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी जनाएको छ।</p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्