काठमाडौं। संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड आक्रमणबाट पीडित बालिका मुस्कान खातुनलाई सहयोग गरेका छन्।
९ कक्षामा अध्ययनरत् खातुनलाई पढाई खर्चमा सहयोग पुगोस् भनी मन्त्रालयमै बोलाएर ५० हजार रूपैयाँ सहयोग गरेको मन्त्री भट्टराईले सचिवालयले जनाएको छ।
एक वर्षअघि २० भदौमा घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा दुई युवाले एसिड प्रहार गरेपछि खातुन घाइते भएकी थिइन्। अहिले पनि उनको उपचार चलिरहेको छ।
सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए। मुस्कानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केहि दिनअघि बालुवाटारमा बोलाएर शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका थिए।
मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई निरन्तर सहयोग गर्दै आएका छन्।
" /> काठमाडौं। संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड आक्रमणबाट पीडित बालिका मुस्कान खातुनलाई सहयोग गरेका छन्।९ कक्षामा अध्ययनरत् खातुनलाई पढाई खर्चमा सहयोग पुगोस् भनी मन्त्रालयमै बोलाएर ५० हजार रूपैयाँ सहयोग गरेको मन्त्री भट्टराईले सचिवालयले जनाएको छ।

">