काठमाडाैं। नेपाली कांग्रेसका नेता एनपी साउदले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मोर्चासँग आफूहरू नडराउने बताएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता साउदले आज देखापढीसँग कुरा गर्दै पाैडेल समूहकाे माेर्चा इगाेमात्र भएकाे बताए।
"रामचन्द्र दाई र उहाँको समूहमा देउवाविरुद्ध मोर्चाबन्दी नै बनेको छ। तर त्यो मोर्चा इगो हो। इगो पालेर कांग्रेस बन्दैन," उनले भने, "पौडेललगायतका असन्तुष्ट नेताहरूलाई सहमतिमै ल्याउनका लागि पार्टी सभापतिले अहिलेसम्म पर्खिनुभएको हो। तर उहाँहरू विरोधमै तल्लीन हुनुहुन्छ। १४औं महाधिवेशन आउनै लाग्यो अनि विभाग गठन नगर्ने?"
पूर्वसिचाइँमन्त्रीसमेत रहेका साउदले कांग्रेसको विभागलगायत अन्य मनोनयनको विषयमा अहिले आक्रोश पोख्न आवश्यक नरहेकाे बताए। पौडेल समूहलाई भनेर अझै ४० प्रतिशत मनोनयन र विभाग गठन गर्न बाँकी रहेकाे उनकाे भनाइ छ।
"अगामी महाधिवेशनमा जो पनि उम्मेदवार हुन सक्छ। पार्टीको मापदण्ड पूरा गरेको कांग्रेसी नै १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्त्वकर्ता बन्ने हो। यसको लागि पर्याप्त वार्ता छलफल हुनुपर्याे।"
सभापति देउवाले साउदलाई तीन दिनअघि शुभेच्छुक संस्थाको प्रमुखमा नियुक्त गरेका थिए। कांग्रेस सभापति देउवाले एकलौटी मनोनयन जारी राखेको भन्दै वरिष्ठ नेता पौडेललगायतले विरोध गर्दै खारेजीका लागि आमरण अनसनसमेत बस्ने चेतावनी दिएका छन्। देउवाले २० भन्दा बढी विभागमा हजारभन्दा धेरैलाई मनोनित गरिसकेका छन्। त्यसकाे आक्रोश शनिबार देउवासँग असन्तुष्ट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमासमेत देखिएको थियाे।
"अगामी महाधिवेशनमा जो पनि उम्मेदवार हुन सक्छ। पार्टीको मापदण्ड पूरा गरेको कांग्रेसी नै १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्त्वकर्ता बन्ने हो," नेता साउदले भने, "यसको लागि पर्याप्त वार्ता छलफल हुनुपर्याे। विधान मिचेको बहाना बनाएर पार्टीलाई कमजोर बनाउने काम गर्नु कांग्रेसका लागि दु:खद् विषय हो।"
सरकारको काम कारबाहीबारे बोल्दै नेता साउदले वर्तमान सरकारले स्वस्थ्य उपचार र कोरोना नियन्त्रणका लागि पर्याप्त काम गर्न नसकेको आरोप लगाएका छन्। उनले भने, "अहिले सरकारको ध्यान पीसीआर टेस्टको दायरा बढाउने, सुरक्षित र व्यवस्थित क्वारेन्टिन बनाउने, आइसीयू र भेन्टिलेटर थप्नेतर्फ उन्मुख हुनुपर्ने हो, तर सरकार त्यसमा चुकेको छ।"
उनले प्रतिपक्षीको कुरा नसुनेर दुई तिहाइको आडमा सरकार अधिनायकवाद लाद्न खोजिरहेको आराेप लगाए। नेकपा नेतृत्त्वको सरकारले राम्रो काम गर्न नसकेकै कारण आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने वातावरण बनिरहेको उनले दाबी गरे।
"काग्रेसले यसको फाइदा लिन सकेको छैन। जनताले कांग्रेसलाई कमजोर प्रतिपक्षी भनिरहेका छन्। तर कांग्रेस कामजोर भएको होइन। कांग्रेसको आवाज जनतासम्म नपुगेको मात्र हो," नेता साउदले भने।
" /> काठमाडाैं। नेपाली कांग्रेसका नेता एनपी साउदले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मोर्चासँग आफूहरू नडराउने बताएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता साउदले आज देखापढीसँग कुरा गर्दै पाैडेल समूहकाे माेर्चा इगाेमात्र भएकाे बताए।"रामचन्द्र दाई र उहाँको समूहमा देउवाविरुद्ध मोर्चाबन्दी नै बनेको छ। तर त्यो मोर्चा इगो हो। इगो पालेर कांग्रेस बन्दैन," उनले भने, "पौडेललगायतका असन्तुष्ट नेताहरूलाई सहमतिमै ल्याउनका लागि पार्टी सभापतिले अहिलेसम्म पर्खिनुभएको हो। तर उहाँहरू विरोधमै तल्लीन हुनुहुन्छ। १४औं महाधिवेशन आउनै लाग्यो अनि विभाग गठन नगर्ने?"

">